पूर्वमन्त्री भण्डारीले उपलब्ध गराएको थप स्वास्थ्य सामाग्री आइसोलेसन कक्ष र सुरक्षाकर्मीलाई हस्तान्तरण

दमौली ११ असार


नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उपलब्ध गराएको थप स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरिएको छ ।
नेपाली काग्रेस व्यास नगर समितिका सह—सचिव डम्बर अधिकारीले जानकारी दिए अनुसार पूर्वमन्त्री भण्डारीले उपलब्ध गराएको तीन थान पीपीई, ग्लोबस र मास्क लगायतका सामाग्री नेपाली काग्रेस व्यास नगर समिति मार्फत क्याम्पसमा उपलब्ध गराइएको छ । यसैगरी पूर्वमन्त्री भण्डारीले उपलब्ध गराएको ४ सय थान मास्क र १ लिटर सेनिटाईजर सशस्त्र प्रहरी बल मनकामना गणलाई समेत हस्तान्तरण गरिएको छ । यसअघि मंगलबार पूर्वमन्त्री भण्डारीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला र नगर सभापति शान्तिरमण वाग्ले मार्फत जिपी कोइराला श्वास प्रश्वास केन्द्र र दमौली अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
पूर्वमन्त्री भण्डारीले यस अगाडि तनहुँमा कोभिड १९ को उपचार र नियन्त्रणका लागि ३ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s