पूर्व मन्त्री भण्डारीद्धारा उपलब्ध गराईएको स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली ९ असार ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री मंगलबार हस्तान्तरण गरिएको छ ।

पूर्वमन्त्री भण्डारीले पठाएको स्वास्थ्य सामाग्री मध्ये ३ थान पिपिई , ४ सय ५० मास्क र २ लिटर सेनिटाइजर जिपी कोइराला श्वास प्रश्वास केन्द्रमा हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले अस्पतालका प्रमुख डा.रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वास्तोलाले अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको अभाव भएको अवस्थामा पार्र्टीको अगुवाई सहयोग हस्तान्तरण गरिएको बताएका थिए । हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले समेत बोलेका थिए ।


यसैगरी पूर्वमन्त्री भण्डारीले उपलब्ध गराएको मध्ये ४ थान पिपिई , ४ सय मास्क र ५ लिटर सेनिटाईजर दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाली काग्रेस व्यास नगर समितिका सभापति एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालका अध्यक्ष प्रदीप अधिकारीलाई हस्तान्तरण गरेका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वाग्लेले हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीले कोरोनाका उपचार र नियन्त्रणमा मद्धत पुग्ने अपेक्षा गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने , प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी लगायतको विशेष उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s