वहसमा दमौली अस्पतालको स्तरोन्नोति ः जग्गा उपलब्ध गराएर दमौलीमा नै राख्ने कि स्थान्तरण गर्ने ?

दमौली ७ असार । तनहुँको सदरमुकाम दमौलीमा रहेको जिल्ला अस्पताल दमौली अस्पतालको स्तरोन्नोति गर्नुपर्ने विषय लामो समय देखि वहसको बन्दै आईरहेको छ ।

स्तरोन्नोतिका लागि बेला –बेलामा पहल कदमी समेत भईरहेको अवस्था छ ।तर स्तरोन्नोतिका लागि पर्याप्त जग्गा उपलब्ध नहुँदा धेरै अगाडि नै ५० बेड क्षमतको अस्पताल भई सक्नुपर्ने दमौली अस्पताल १५ बेडमा सिमित भई रहेको अवस्था छ । यसरी १५ बेडमा सिमित दमौली अस्पताललाई अहिले आएर फेरी ५० बेडको अस्पताल बनाउने विषयलाई छलफल र वहस अगाडि बढेको छ ।यसरी अगाडि बढ्ने अस्पताल सगै रहेको कृषि ज्ञान केन्द्र र पशु कार्यालयको पछाडि पट्टिको भागलाई अस्पतालमा दिएर सोही स्थानमा अस्पताल विस्तार गर्ने कि भन्ने विषयमा छलफल समेत भएको थियो ।तर अस्पताललाई बजेट उपलब्ध गराउन इच्छा जाहेर प्रदेश सरकारले स्वयंले कृषि र पशुको जग्गा यथास्थितीमा अस्पताललाई दिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वयं सकारात्मक नदेखिएपछि कृषि र पशुको जग्गा अस्पताललाई दिने विषय अगाडि बढ्न सकेको छैन ।यद्यपी मुख्यमन्त्री गुरुङले कृषि र पशुको जग्गा अर्का ठाउँमा उपलब्ध गराएको खण्डमा अस्पताललाई उपलब्ध गराउन सकिने संकेत दिएका छन् ।

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीप अधिकारीले बताए अनुसार अस्पतालको स्तरोन्नोतिका लागि सर्वदलीय र सर्वपक्षीय भेला आयोजना गरेर छलफल गरेको बताए ।छलफलमा स्तोरोन्नोतिको विषयमा सहभागीहरु सकारात्मक भएपनि जग्गाको विषय भने टुङग्नि नसकेको बताए । जग्गाको विषय टुङग्नि नसके पछि विकल्पका विषयमा समेत छलफल भएको अध्यक्ष अधिकारीले बताए ।यसरी विकल्पकाका रुपमा छलफल हुँदा तालिम केन्द्रमा अस्पताल राख्न सकिने र तालिम केन्द्रलाई अस्पताल भएको स्थानमा लग्ने सकिने समेत अधिकारीले बताए ।तर जुन विषयसंग दमौली बजारबासीहरु सहमत हुन सक्ने अवस्था देखिदैन । ५० बेडको क्षमतका लागि ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने भएपनि दमौली अस्पतालको नाममा साँढे १५ रोपनी क्षेत्रफल जमिन रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s