तनहुँमा कुन–कुन स्थानमा आइसोलेसन निर्माण गर्दा उपयुक्त होला ?

दमौली ७ असार । तनहुँमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढेसगै स्थानीय सरकार र प्रशासनलाई आइसोलेसन कक्ष निर्माण गर्नुपर्ने देखिएको छ ।

तर स्थान अभावका कारण आइसोलेसन कक्ष निर्माण कार्यमा ढिलाई भईरहेको छ । यसरी ढिलाई हुनुमा स्थानीय बासिन्दा देखि प्रदेश सरकार सम्मको अवरोध भएको बुझिन आएको छ । यसै विषयलाई लिएर सेतीमादी दैनिकले आम सर्वसाधारण संग आइसोलेसन कुन स्थानमा राख्दा उपयुक्त होला भनेर सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया लिएको थियो । यसरी प्रतिक्रिया लिने क्रममा अधिकांशले व्यास ५ मा रहेको शैक्षिक तालिम केन्द्रको भवनलाई उपयुक्त स्थानका रुपमा लिएका छन् ।त्यस्तै कतिपयले भने शैक्षिक तालिम केन्द्रका अलावा जिल्ला समन्वय समितिको क्वाटर देखि व्यास १ गल्बुवेसीमा रहेको क्षेत्री समाजको भवन देखि अन्य सामाजिक भवनहरु आइसोलेसनका लागि उपयुक्त हुने प्रतिक्रिया दिएका छन् ।यसरी प्रतिक्रिया दिने क्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ , व्यास ३ निवासी अनिल पाण्डे ,व्यास ३ वडा सदस्य रविन पौडेल , शिक्षक रामदत्त पौडेल, लगायतले भने व्यास ५ को शैक्षिक तालिम केन्द्र उपयुक्त हुने सुझाव दिएका छन् । शैक्षिक तालिम केन्द्रमा होस्टल , क्यान्टिन ,ट्वाइलेट बाथरुम लगायतका संरचनाहरु पर्याप्त रहेको हुँदा उक्त स्थानलाई आइसोलेसन बनाउन उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै अर्का सामाजिक व्यक्तित्व देवीबहादुर बस्नेतले पुरानो जिल्ला प्रशासन कार्यालयको भवन , पुरानो अदालत भवन , महिला विकास कार्यालय ,जिल्ला समन्वय समितिको कार्यालय र क्वाटर ,शैक्षिक तालिम केन्द्र , क्षेत्री समाजको भवन र दरै समाजको भवन उपयुक्त हुने सुझाव दिएका छन् ।त्यस्तै सञ्चारकर्मी उज्वल पौडेलले प्रत्येक स्थानीय तहले एक सय बेडको आइसोलेसन कक्ष बनाउनु पर्ने त्यसमध्ये व्यासमा समन्वयको भवन ,भानुमा भानुको नगर स्तरीय अस्प्ताल , भिमादमा तनहुँ प्राविधिक शिक्षालय , आँबुखैरेनीमा ढकालटारको भवन र वन्दीपुरमा क्षयरोग उपचार केन्द्रमा आइसोलेसन कक्ष निर्माण गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।
यसैबीच आइसोलेसन कक्ष निर्माणका लागि स्थानको खोजी भई रहँदा सर्वसाधारणहरुले भने केन्द्र र प्रदेश सरकार मातहत रहेका ठूलो संख्यामा कोभिड–१९ का बिरामी राख्ने मिल्ने खाली अवस्थामा रहेका सरकारी कार्यालयहरुलाई सबैभन्दा पहिला प्रयोगमा ल्याउनु पर्ने अनि विभिन्न संघ संस्थाका भवनहरुलाई प्रयोग ल्याउनु पर्नेमा जोड दिएका छन् ।त्यस्तै आवश्यक परेको खण्डमा जिल्ला समन्वय समितिको क्वाटरलाई समेत खाली गराउन समेत पछि हट्न नहुने सुझाव दिएका छन् ।

राख्ने तयारी गरिएको स्थानको विषयमा स्थानीयद्धारा विरोध
यसैबीच आइसोलेसन कक्ष राख्ने तयारी गरिएका जिल्लाका केही स्थानमा सुरक्षाको विषयलाई स्थानीयले विरोध सुरु गरेका छन् ।आइसोलेसन कक्ष राख्नु अगाडि आफूहरुसंग कुनै छलफल नै नगरिएको भन्दै स्थानीय विरोध गरेका हुन् ।यसक्रममा बन्दिपुर बजार नजिकै रहेको भानु माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले बजारको नजिकै राख्न उचित नहुने भन्दै गाउँपालिका अध्यक्ष पूर्ण सिं थापालाई ज्ञापन पत्र समेत बुझाएका छन् । त्यस्तै व्यास १ गल्बुवेसी स्थित क्षेत्री समाज आसपासका स्थानीयले समेत सुरक्षाको प्रत्याभूति नदिकनै आइसोलेसन कक्ष राख्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s