सल्लाहमा नै क्वारेन्टाइनबाट निस्किएको निस्कनेहरुको भनाई, स्थिती नियन्त्रण भन्दा बाहिर जाने अवस्था भएपछि छाडिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको भनाई

दमौली ५ असार । आदिकवि भानुभक्त क्याम्पसबाट निस्किएका व्यक्तिहरुले आफूहरु असन्तुष्टी जनाउँदै नभई सल्लाहमा नै क्वारेन्टाइनबाट निस्किएको बताएका छन् ।

क्वारेन्टाइनबाट निस्किएक एक युवकले सेतीमादी दैनिकसंग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ति युवकले बताए अनुसार क्वारेन्टाइनमा रिपोर्ट ढिलो आउँदै गर्दा क्वारेन्टाइनमा बसेकाहरु निकै आत्तिएको अवस्था थियो । क्वारेन्टाइनबाट निस्कने दिन सुरक्षाकर्मीहरु संग दिउँसो सम्र्पक गर्दा ४ बजेट रिपोर्ट आउने बताएका थिए ।तर ४ बजे रिपोर्ट नआएपछि पुनः सुरक्षाकर्मीलाई सम्र्पक गरेकोमा सुरक्षाकर्मीले नगरप्रमुख संग सम्र्पक गराई दिएका थिए । नगर प्रमुख बाहिर भएका कारण आउन केही समय लाग्ने बताए पछि हामीहरु कुरेर बसेका थियौं ति युवकले भने । त्यो बीचमा साथीहरुले घर जान पाउनु पर्र्छ भन्ने माग राखेका थिए । तर रिपोर्ट नआईकन कसरी पठाउन सकिन्छ भन्ने तर्क समेत उठेको थियो । तर त्यहिबीचमा जानका लागि तयार हुन भनियो । सबैजनाले सामान तयार गरेर तल ल्याएर समेत राखे युवकले भने । तर आएको ५ ÷७ मिनेट पछि पुन घर जान नमिल्ने भन्दै माथि जान भनियो ।


तर पछि घर जान तयार भएकाहरु केही आक्रोशित हुन पुगे ।यद्यपी आफूले सम्झाउने प्रयास गरेका ति युवाले सेतीमादीलाई बताए । आफूले त्यो बीचमा नगर प्रमुख वडाका जनप्रतिनिधीलाई समेत सम्र्पक गरेको बताए । आफूले सम्र्पक गरेको केही समयमा नगरप्रमुख क्वारेन्टाइनमा आएको समेत ति युवकले बताए ।

नगरप्रमुख आएपछि घर जान तयारी रहेकाहरुले जान पाउनुपर्ने अडान राखेको समेत ति युवकले बताए । क्वारेन्टाइनमा बसेकाहरुले उक्त अडान राखेसगै प्रमुखले समेत अनुमति दिएको बताए ।आफूहरुको रगत परीक्षण गरेर पठाइएको समेत ति युवकले बताए ।

यता यस विषयमा व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीसंग सम्र्पक गर्दा स्थिती नियन्त्रणमा लिन सक्ने अवस्था नदेखेपछि क्वारेन्टाइनबाट छाडिएको बताएका छन् ।आफूहरुले भोली सम्म रिपोर्ट मगाउने प्रतिबद्धता जाहेर गर्दा पनि नसुनेपछि हतार हतारमा रगत परिक्षण गर्ने प्राविधिकहरु बोलाएर रगत परीक्षण गरेर पठाईएको समेत स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s