भूपू विद्यार्थी समाज निर्मल मा.वि.द्धारा क्वारेन्टाइनमा सहयोग

दमौली ४ असार । भूपू विद्यार्थी समाज निर्मल माध्यमिक विद्यालयद्धारा सोही विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष चक्रबहादुर अधिकारीले विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा थर्मल गन १ थान , प्रेसर नाप्ने यन्त्र , हयाण्ड स्टेचर , बकेट ,फिनेल , फायर ग्याँस ,१ हजार र ५ सय लिटरको पानी टयाङकी लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । करिब ५० हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो । सो सामाग्री व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले क्वारेन्टाइनलाई व्यवस्थित बनाउने विषयमा स्थानीय सरकार प्रतिबद्ध भएर लागि परेको बताएका थिए ।तर पिसिआर रिपोर्ट समयमा नै नआउँदा एक किसिमको समस्या सिर्जना हुन पुगेको नगरप्रमुख न्यौपानेको भनाई थियो ।


कार्यक्रममा पूर्व व्यास केबलका अध्यक्ष शंकरनारायण श्रेष्ठले केबलका तर्फबाट वाईफाई र केबल लाईनको सुविधा प्रदान गरिएको बताएका थिए ।कार्यक्रममा पूर्व विद्यार्थी बिना कैनी समेत बोलेकी थिइन् ।यसैबीच जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अगुवाई योग शिविर समेत सञ्चालन गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s