दमौलीमा लक डाउन कि एकादशी मेला ःपुग्ला त व्यवस्थित बनाउने विषय नगरपालिका र प्रशासनको ध्यान ?

डम्बर अधिकारी
आइतबार व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा ऋषिङ गाउँपालिकाका २८ बर्षिय युवक कोभिड–१९ को संक्रमण देखिएसगै आम सदरमुकामबासीमा एक किसिमको त्रास उत्पन्न हुन पुगेको थियो । धेरैको अनुमान थियो कोभिड–१९ को संक्रमणको यो घटना सार्वजनिक भएसगै सोमबार दमौली बजारमा सर्वसाधारणको चहलपहलमा निकै नै कमी आउनेछ र अत्यावश्यक पसलहरु समेत कम मात्रामा खुल्ने छन् भनेर ।तर सोमबार दमौलीमा त्यसको ठिक विपरित दृश्य देखियो ।

जुन दृश्य देखेर दमौलीबासी मात्र नभई देश विदेशमा रहेका मानिसहरु समेत अचम्मित हुन पुगे । नहुन पनि किन सोमबार दमौलीको दृश्य एकादशी मेलाको भन्दा कुनै भिन्न थिएन । यत्ति हो कि एकादशीको दिनमा जस्तो फूलका डोलीहरु तार्नका लागि दमौलीको सेतीबुल्दी दोभान घाटमा लगेको दृश्य देख्न पाइएको थिएन । सोमबार दमौली बजारको दृश्यलाई एकैछिन नियाल्ने प्रयास गर्ने हो भने बजार पूर्णरुपमा खोलिएको थियो भन्दा कुनै फरक पर्दैन ।त्यस्तै पृथ्वीराजमार्ग देखि भित्रि सडकहरुमा सवारी साधनहरुको चापले गर्दा ट्राफिक जाम नै हुने स्थिती सिर्जना भएको थियो ।त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुमा ग्राहकहरुको भीड हेर्दा दशैका बेलामा लाग्ने भीड भन्दा एकरती पनि कम थिएन । विश्व व्यापी रुपमा कोभिड –१९ को संक्रमण फैलिरहेको अवस्थामा सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा यसरी भीड बढ्नु अत्यन्त चिन्ताको विषय हो । त्यसैले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिका देखि जिल्ला प्रशासन कार्यालयले बजारलाई व्यवस्थित बनाउने विषयमा विशेष ध्यान दिनु जरुरी छ ।अन्यथा दमौलीमा कोभिड –१९ को संक्रमण फैलन धेरै समय कुर्न नपर्ने देखिन्छ ।

हुन त अलिकति कडाई गरयो भने आम सर्वसाधरण ,नागरिक समाज र सञ्चारकर्मी लगायतले नगरपालिका र प्रशासनको आलोचना गर्न सुरु भई हाल्छ । सायद त्यसैलाई मध्यनजर गर्दै व्यास नगरपालिकाले प्रशासनसंग समन्वय गरेर हप्ताको ४ दिन बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म अत्यावश्यक सामान किन्नका लागि बजार खोल्ने निर्णय गरेको हुनुपर्दछ । नगरपालिकाको उक्त निर्णयलाई एक हिसाबले सकारात्मक मान्नु पर्दछ ।तर नगरपालिकाले जुन सोचका साथ निर्णय गरेको थियो त्यो पूर्ण रुपमा असफल भएको हुँदा तत्काल निर्णय सच्याउनु जरुरी देखिन्छ ।
खासगरी यतिखेर दमौली बजारमा बैक तथा वित्तिय संस्थाहरुमा नै आम सर्वसाधारणहरुको भीड बढी भएको देखिन्छ ।तसर्थ बैंक तथा वित्तिय संस्थाहरुलाई तालिका अनुसार भन्दा पनि नियमित सुचारु गर्ने अनुमति दिदाँ उचित हुने देखिन्छ । साथै बैंक तथा वित्तिय संस्थामा अहिले देखिएको भीडलाई मध्यनजर गरी कम्तीमा पनि व्यास नगरपालिकाका प्रत्येक वडाबाट सामाजिक सुरक्षा वितरणको व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।यसो भएको खण्डमा दमौलीमा अहिले जुन हिसाबले भीड देखिएको छ । त्यो आधा भन्दा बढी घट्ने छ ।

त्यस्तै नियमिति रुपमा खरीद गरिने तरकारी र दूधजन्य सामाग्रीका कारण पनि दमौली बजारमा सर्वसाधारणको बढी भीड हुन गरेको छ ।त्यसलाई पनि व्यवसायीहरुसंग समन्वय गरेर टोल–टोलमा पुरयाउने व्यवस्था गरेको खण्डमा दमौलीमा देखिएको भीडमा धेरै नै कमी आउने थियो । त्यस्तै खेतीबालीका लागि आवश्यक पर्ने मल बीऊ लिन आउने कृषकहरुको संख्या समेत उल्लेख्य नै रहेको छ । कृषकहरुको संख्यालाई मध्यनजर गर्दै व्यवसायीहरु संग समन्वय गरी मल ,बीऊ वडा तहमा विक्रि वितरणको व्यवस्था मिलाउन सकेको खण्डमा पनि दमौलीमा भईरहेको भीडमा अवश्य पनि कमी आउने थियो ।

हुन त यतिखेर दमौली बजारमा हेर्ने हो भने आवश्यक भन्दा अनावश्यक काम हिड्नेहरुको संख्यामा बजारमा कम छैन । जसले गर्दा पनि बजार क्षेत्रमा अनावश्यक भीड बढि रहेको अवस्था छ ।तसर्थ अनावश्यक रुपमा हिड्नेहरुलाई समेत जथाभावी हिड्नबाट रोक लगाउन सकेको खण्डमा अवश्य पनि दमौलीको भीड भाड कम हुन थियो ।

कोभिड –१९ को संक्रमणलाई झेलेका इटलीमा हेर्ने हो भने त्यहाँका नागरिकले सुरुका चरणमा यसरी नै लापरवाही गरेका कारण त्यहाँ ठूलो संख्यामा त्यहाँका नागरिकले ज्यान गुमाउन पुगेको देखिन्छ ।यदि बेलैमा ध्यान नदिने हो भने इटलीले भोगेको नियती तनहुँबासी त्यसमा पनि दमौली भोग्नुपर्ने निश्चित छ ।

अन्तमा, हाल दमौलीमा अत्यावश्यक सामाग्री किन्नका लागि दिइएको मोडल पूर्ण रुपमा असफल भएको हुँदा यसमा नगरपालिका र प्रशासनको ध्यान पुग्नु जरुरुी देखिन्छ ।हेरौं,यस विषयमा नगरपालिका र प्रशासनको कत्तिको ध्यान पुग्छ ।त्यो त भोली देखि नै देखिने विषय हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s