तनहुँ काग्रेसले गर्यो आज ५ महत्पूर्ण निर्णय

दमौली १९ जेठ ।नेपाली काग्रेस तनहुँको पदाधिकारी बैठक आज सम्पन्न भएको छ ।

जिल्ला सचिव विश्व वास्तोलाले जानकारी दिए अनुसार कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न बैठकले ५ महत्वपूर्ण निर्णय गरेको छ ।निर्णय यस प्रकार रहेका छन् ।

प्रेस विज्ञप्ती
आज मिति २०७७ साल जेष्ठ १९ गते नेपाली कांग्रेस तनहुँको पदाधिकारी बैठक कार्यवाहाक सभापति जीत प्रकाश आलेको सभापतित्वमा बसी समसामयिक विषयहरुमा छलफल गरी निम्न निर्णयहरु गरिएको छ ।

१. कोभिड–१९ (कोरोना भाईरस) महामारी का कारण भारत लगायत विदेशबाट स्वदेश आएका नागरिकहरुलाई तोकिएको समय सुरक्षित क्वारेन्टीनमा राख्न पर्ने बाध्यता भएको हुदां आ–आफ्नो स्थानिय तहमा आवश्यकता अनुसार क्वारेन्टीनको व्यवस्था गरी विदेशबाट आएका दाजुभाई दिदिबहिनीलाई सम्मानपुर्वक क्वारेन्टीनमा बस्ने वातावरण मिलाउन आवश्यक सहयोग गर्न पार्टीका सबै तहका साथिहरुलाई आव्ह्रान गर्ने ।

२. कानुनी रुपमा दण्डनिय जातिय विभेदका नाममा रुकुमको चौरजहारीमा गरिएको नरसंहार पुर्ण घटनाको निन्दा गर्दै उक्त घटनाको सर्वदलिय संसदिय छानविन समिति गठन गरी सत्यतथ्य उजागर गरी दोषिहरुलाई कडा कारवाही गर्न नेपाल सरकार संग नेपाली कांग्रेस तनहुँ जोडदार माग गर्दछ ।

३.कोभिड–१९, २०७७÷०७८को बजेट, सिमाविवाद लगायतका समसामयिक विषयमा जिल्ला कार्यमितिले जेष्ठ मसान्त भित्रमा भर्चुअल बैठक गर्ने ।

४.मुलुक कोभिड–१९ बाट आक्रान्त बनि जनजिवन अस्तव्यस्त भएको विषम परिस्थितीमा तनहुँ जिल्ला भित्रका नदिनालाहरु बाट अबैध रुपमा प्रकृतिक स्रोतको असिमित दोहन भएको र उक्त कार्य सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुको संरक्षणमा भएको भन्ने जनगुनासो आएको हुदां सो सम्बन्धमा आवश्यक अनुगमन गरी नियमन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

५. नेपाली कांग्रेस तनहुँको आव्ह्रानमा तनहुँ जिल्लाका १० वटै तहमा जिल्ला कार्यसमितिबाट प्रदान गरिएको रु ३०,०००।– मा पार्टीका गाउँ÷नगर कार्यसमितिहरुले थप राहत संकलन गरी निम्न अनुसारको राहत रकम हस्तान्तरण गरेको हुदां उक्त राहत संकलनमा सहयोग गर्नु हुने सम्पुर्ण साथिहरु र पार्टीका सबै गाउँ÷नगर कार्यसमितिलाई धन्यवाद व्यक्त गरिएको छ ।

व्यास न.पा. रु ५,००,०००।– २) भानु न.पा. रु २,०१,०१३।–
शुक्ला न.पा रु ६१,१११।– भिमाद न.पा रु ५०,०००।–
आँवु गा.पा. रु १,४१,१११।– म्याग्दे गा.पा. रु १,४१,१११ ।–
बन्दिपुर गा.पा. रु १,५४,८५० ।– देवघाट गा.पा. रु १,३२,७८६ ।–
ऋषिङ्ग गा.पा. रु ६९,५००।– घिरिङ्ग गा.पा. रु ५०, १०० ।–
जम्मा रु १५,०१,५८२।–

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s