कोभिड १९ का संक्रमितलाई जिपी कोइराला श्वास प्रश्वास केन्द्रमा लगिदै

दमौली १८ जेठ । तनहुँमा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएका युवकलाई जिपी कोइराला श्वास प्रश्वास केन्द्रमा लगिदै छ ।


सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी गराएका हुन् । ऋषिङ गाउँपालिका घर भएका २८ बर्षिय युवकमा परीक्षणका क्रममा आज कोभिड १९ को संक्रमण देखिएको थियो ।

एक हप्ता अगाडि भारतबाट आएका ति युवक सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेका ति युवकको स्याब परीक्षणको नतिजा आइतबार मात्र सार्वजनिक भएको थियो ।

यता जिल्लामा पहिलो पटक कोभिड १९ को संक्रमण देखिएसगै उच्च सर्तकता अपनाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s