छुट्टै काेभिड-१९ अस्पताल बनाउनु पर्ने आवज उठ्न थाल्यो

पोखरा १७ जेठ । पोखरा स्थित गण्डकी अस्पताललाई कोभिड –१९ अस्पताल बनाईएसगै अन्य रोगका बिरामीहरुको उपचारमा समस्या देखिन थालेको छ ।

त्यतिमात्र होइन गण्डकी अस्पताललाई कोभिड–१९ अस्पताल बनाई दिदाँ अन्य रोगका बिरामीहरु महङगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न जान बाध्य भएका छन् । गण्डकी अस्पतालमा कार्यरत एक चिकित्सकले बताए अनुसार दैनिक २० देखि २५ जना गर्भवती महिलाको डेलिभरि हुने यस अस्पतालमा कोभिड अस्पताल बनाईदा गर्भवतीहरुले निकै सास्ती बेर्होनु परेको छ ।त्यस्तै गण्डकी अस्पतालमा हप्तामा १ सय १० जना मृगौलाका बिरामीहरुको डायलासिस समेत हुने गरेकोमा मृगौलाका बिरामीहरुले समेत निकै सास्ती बेर्होदै आईरहनु परेको ति चिकित्सकले बताए । ६ सय जना भन्दा बढी कर्मचारी रहेको अस्पतालमा दैनिक ३÷४ जना पिसिआर पोजेटिभ भएका बिरामीको उपचार गराएर बस्नु अत्यन्त लज्जाजनक विषय भएको समेत ति चिकित्सकले बताए । कोभिड–१९ का लागि छुट् अस्पताल बनाउँदा उपयुक्त हुने चिकित्सको भनाई रहेको छ ।

अस्पताल स्रोतका अनुसार गण्डकी अस्पतालमा दैनिक १ हजार भन्दा बढी बिरामीहरु दैनिक रुपमा उपचारका लागि आउने गर्दथे । तर कोभिड–१९ अस्पताल बनाएसगै तिनिहरु समेत उपचार सेवाबाट बञ्चित भईरहेका छन् ।

यसैबीच लामो समय सम्म गण्डकी अस्पताललाई कोभिड–१९ अस्पताल बनाईदा सर्वसाधारणले समेत गुनासो गर्न थालेका छन् । सर्वसाधारणहरु समेत कोभिड –१९ अस्पताल अन्यत्र बनाई गण्डकी अस्पतालबाट नियमित सेवा प्रदान गर्नुपर्ने आवज उठाउन थालेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s