दोषीलाई कारबाहीको माग गर्दै दलित पत्रकार संघद्धारा ध्यानाकर्षण पत्र

तनहुँ,१४जेठ
अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै जाजरकोटमा नवराज बिक लगायत तीन जनाको ज्यान जाने गरी भएको घटनामा दोषीलाई कारबाहीको राष्ट्रिय दलित पत्रकार संघ तनहुँले माग गरेको छ ।
बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै यहाँका दलित समुदायका पत्रकारहरुले दलित समुदाय माथी हुने भेदभाव सैह्य नहुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र बुझाउदै संघका अध्यक्ष एस.बि. नेपालीले मानव सभ्यताको पहिचान जाजरकोटमा भएको घटनाले मेटाइदिएको दाबी गर्नुभयो । अध्यक्ष नेपालीले दलित समुदायको युवाले अन्तरजातिय बिबाह गर्न खोज्दा भएको रणसम्भारले गणतान्त्रिक राज्यको धज्जी उडाएको बताउनुभएको थियो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकारीले ध्यानाकर्षण पत्र सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता जनाउँदै मानव समाजले कल्पना समेत गर्न नसक्ने घटना घटेको बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समितिका उपाध्यक्ष पुर्ण बिके, जिल्ला उपाध्यक्ष शालिकराम सुनार, सचिब अशोक बिश्वकर्मा, कोषध्यक्ष सबिता बिश्वकर्मा, सुरेश सुनार, कोपिला सुनार, सन्तोष बिक, बिकास सुनार लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

गत शनिबार कथित ठकुरी समुदायकि आफ्नो प्रेमिकालाई बिहे गर्ने भन्दै साथीहरु सहित पुगेका नबराज बिकलाई पिटिपिटी हत्या गरिएको थियो । सो घटनामा बिकका साथीहरु टिकाराम सुनार र गणेश बुढाको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो भने तीन जना अझै बेपत्ता र अन्य घाइते भएका छन् ।
२१ औ शताव्दीमा पनि जातीय बिभेद र छुवाछुत जस्तो अमानबीय कार्य र अपराधिक क्रियाकलाप गर्नेहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाई पीडित परिवारलाई न्यायको प्रत्याभूत हुने गरी वातावरण सिर्जना गरिदिन प्रजिअ मार्फत प्रधानमन्त्री र गृह मन्त्रालयको कार्यालयलाई ध्यानकर्षण पत्र पठाइएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s