नेपालमा अनलाइन कक्षा सञ्चालनको चुनौती

गोविन्द भट्टराई

कोरोना महामारी ९ऋयखष्म ज्ञढ एबलमझष्अ० बाट विश्व आक्रान्त भएको अवस्थामा हाम्रो जस्तो अल्पविकसित मूलुकका लागि विद्यालयीय शिक्षालाई सञ्चालन गर्नका लागि जटिलता सृजना भएको छ । अहिले महिनौं देखि विद्यालय तथा विश्वविद्यालयहरु बन्द छन् । कुनै पनि शैक्षणिक कृयाकलाप सञ्चालन हुन सकेका छैनन् । नियमितरुपमा सञ्चालन हुँदै आएका विभिन्न तहका परीक्षाहरु अनिश्चितकालका लागि स्थगित छन् । यसबाट विद्यार्थी तथा अभिभावकमा अन्यौल सृजना भएको छ । राज्यबाट पनि अबको परिस्थितिमा कसरी शिक्षा लाई अगाडी बढाउने भन्नु कुरामा खास ठोस योजना निर्माण हुन सकेको छैन । कोरोना संक्रमण दिनदिनै बढ्दै जाँदा थप अन्यौलता सृजना भएको छ ।

स्वतस्फूर्त रुपमा विभिन्न विद्यालयहरुका केहि सिमित शिक्षकहरुले सञ्चालन गर्दै गरेको अनलाइन कक्षाहरुमा विद्यार्थीको पहुँच एकदम न्यून छ । प्रविधिको अभाव तथा प्रविधिको प्रयोगमा भएको जटिलताका कारण धेरै अध्यापकहरुले अनलाइन कक्षा सञ्चालन गर्न तीब्र इच्छाशक्ति भए पनि नसकिरहेको अवस्था छ । यु ट्युव जस्ता च्यानलहरुमा अनलाइन कक्षाहरुको उचित व्यवस्थापन हुन सकेको छैन । कक्षा कोठामा गएर परम्परागत रुपमा सिकाइ सञ्चालन गर्न सक्ने अवस्था छैन जसले गर्दा अब कसरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

विश्वविद्यालयहरुले अनलाइन कक्षा कार्यविधि ल्याइसके पनि सबै ठाउँमा यसको प्रयोग र पहुँच जटिल बनेको छ । विना पूर्वाधार ल्याइएका कार्ययोजना कार्यान्वयन गर्न कठिन देखिदैछ । तसर्थ यसको कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिनु पर्ने देखिन्छ । अझ विद्यालय तहको शिक्षाको कुरा गर्ने हो भने त धेरैजसो विद्यालयहरु अब कसरी वैकल्पिकरुपमा नियमित कक्षा सञ्चालन गर्न सकिन्छ भनेर यो विषयमा चिन्तनशील नै नभएको पाइएको छ । लगातारको लकडाउन अनि राज्यले लकडाउन अवधिलाई सार्वजनिक विदा भनेर भनि सकेको अवस्थामा शिक्षण सँग सम्वद्ध निकायहरुले खासै चासो देखाएको पाइदैन । अब पनि वैकल्पक कक्षा सञ्चालनको बाटो नखोज्ने हो भने देशको शैक्षिक अवस्था डामाडोल हुने प्रायः निश्चित छ ।
सम्विधानतः विद्यालयीय शिक्षा स्थानीय सरकार मातहत छ । यसको सञ्चालन नियमन र नियन्त्रणको जिम्मा स्थानीय सरकारकै हो । प्रत्येक स्थानीय पालिकाहरुले यो विषयलाई गम्भिरतापूर्वक लिनु आवश्यक छ । विद्यालयहरुमा गठन हुने विभिन्न समितिहरुमा स्थानीय सरकारको धेरै चासो र प्रभाव रहे पनि नियमित कक्षा सञ्चालन तथा शैक्षिक गुणस्तर अभिवृत्तिका कार्यक्रमहरुमा यसको खासै चासो देखिँदैन । तसर्थ विद्यालयीय शिक्षालाई यो विषम परिस्थितिमा सहजीकरण गर्नका लागि स्थानीय निकायले तत्काल कदम चाल्नु पर्दछ ।
के गर्ने रु
अहिले विद्यालयहरु बन्द छन् । भर्ना लगायतका विद्यालयका नियमित गतिविधिहरु स्थगित छन् । विद्यालयको सञ्चालनको जिम्मा पाएका विद्यालयीय समितिहरु र विद्यालयका प्रधानाध्यापकहरुको ध्यान विद्यालय सञ्चालनमा नभइ कोरोना संक्रमणमा छ । हुन त संकटको बेला यसको न्यूनीकरणमा सबैको साथ र सहयोग अपरिहार्य छ । तर आफ्नो प्रमुख कर्तव्य र जिम्मेवारीबाट कोहि पनि पछाडि हट्न मिल्दैन । सास हुन्जेल आस भने जस्तो कोरोना बाट मरिने हो कि बाँचिने हो भनेर मर्नु भन्दा अगाडी खुट्टा तन्काउनु हुन्न । डटेर यसको सामना गर्दै आफ्ना दैनिकीहरु पनि यथावत सञ्चालन गर्नु पर्दछ । तसर्थ सम्वद्ध सबै यो विषयमा चिन्तनशील हुनु जरुरी देखिन्छ ।

अहिलेको परिस्थितिमा विद्यालयीय कक्षा सञ्चालनका लागि अनलाइन कक्षा उपयुक्त हुन सक्छ तर हाम्रो परिवेसमा यसका धेरै जटिलताहरु छन् । अत्यान्तै न्यून विद्यार्थीहरुको पहुँच यसमा छ । राज्यबाट सूचना तथा सञ्चार प्रविधि अन्तरगत इन्टरनेट सुविधाको विस्तारमा खासै धेरै लगानी गरिएको छैन । धेरै विद्यालयहरुमा इन्टरनेट को सुविधा छैन । इन्टरनेटको प्रयोगका लागि आवश्यक पूर्वधारको विकास हुन सकेको छैन । इन्टरनेटका लागि आवश्यक पर्ने विजुलीबत्ती तथा कम्प्युटर टेक्नोलोजीको सुविधा छैन । यसले गर्दा अनलाइन कक्षा सञ्चालन सहज छैन । केहि सुगमका विद्यालयहरुमा विजुलीबत्ती तथा केहि थान कम्प्युटरको व्यवस्था भए पनि यसको समुचित प्रयोग हुन सकेको छैन । अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकमा प्रविधिको ज्ञान अपरिहार्य छ । तर यो विषयमा धेरै शिक्षकहरुको चासो देखिँदैन । विजुली बत्तीको पहुँच भएका विद्यालयहरुमा पनि सबै कक्षाकोठामा वायरिङ्गको प्रवन्ध छैन । भएका कम्प्युटरहरुको प्रयोग नहुँदा कतिपय विद्यालयहरुमा कम्प्युटरहरु प्रयोगशालामै सिमित हुन पुगेका छन् । कतिपय विद्यालयहरुमा त दाताबाट प्राप्त भएका मेसिनरीहरु बाकसमा नै थन्किने गरेका पनि छन् । विद्यालयका बहुसंख्यक शिक्षकहरु सीपको अभावमा यसको प्रयोग गर्न हिचकिचाइरहेको अवस्था छ । अझ विद्यार्थीहरुको कुरा गर्ने हो भने त झन् अवस्था जटिल छ । अभिभावकहरुमा प्रविधिको समुचित प्रयोग सम्वन्धी ज्ञान नहुँदा विद्यार्थीहरुले सहज रुपमा प्रयोग गर्न सक्ने वातावरण छैन । समुदायको कुरा गर्ने हो भने त झनै अवस्था दयनीय छ । वाइफाइको विस्तार गाउँको त के कुरा सहरी इलाकामा समेत सबै तिर हुन सकेको छैन । यदि यसको प्रवन्ध हुने नै हो भने पनि सबै नागरिकले आर्थिक अभावका कारण सहज प्रयोग गर्न सक्ने अवस्था छैन । केहि सिमित विद्यार्थीहरु मात्र यसको पहुँचमा छन् । पहुँचमा भएका लाई यसको माध्यमबाट कक्षा सञ्चालन गर्न सकिएला । तर बहुसंख्यक यसबाट टाढा भएकोले यसको साथ साथै अन्य विकल्पहरुमा छलफल हुनु जरुरी छ ।

विद्यालय सञ्चालनको प्रमुख दायित्व प्राप्त गरेको स्थानीय निकायले तत्काल आफ्नो पालिकामा वैकल्पिक कक्षा सञ्चालन नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । पालिकाको मार्ग निर्देशनमा विद्यालयहरुले वैकल्पिक कक्षा सञ्चालनमा तदारुकता देखाउनु आवश्यक छ । विद्यालयका प्रधानाध्यापकहरुले आपसी छलफल र परामर्शमा साझा कक्षाहरुको व्यवस्था मिलाउन सके केहि हद सम्म भए पनि सिकाइ वातावरण निर्माण गर्न सकिन्छ ।

पालिकाहरुले वैकल्पिक कक्षा सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरी तत्काल कक्षा व्यवस्थापनमा ध्यान दिन जरुरी छ । स्थानीय स्तरमा सञ्चालनमा रहेका एफ एम रेडियो हरुबाट कक्षागत रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने विकल्प सायद सबै क्षेत्रमा सहज हुन सक्छ । तसर्थ तत्काल समन्वय गरी रेडियोबाट नियमित रुपमा शिक्षण सञ्चालन गर्नु पर्दछ । त्यस्तै गरेर अहिले प्रत्येक जिल्लामा कुनै न कुनै स्थानीय टेलिभिजन सञ्चालनमा आएकै छन् । यदि कुनै जिल्लामा छैन भने पनि नजिकैको जिल्लामा रहेको स्थानीय टेलिभिजनको माध्यमबाट कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई घरमै बसेर अध्ययन गर्ने वातावरण मिलाउन सकिन्छ । अहिले गाउँ गाउँमा समेत केवल टेलिभिजन नेटवर्कहरु विस्तार भएका छन् । तिनीहरुको स्थानीय च्यानलको माध्यमबाट पनि केहि सिकाइ कृयाकलाप सञ्चालन गर्न सकिन्छ ।

शिक्षणमा अहिलेको परिवेशमा प्रविधि अपरिहार्य बन्दै गएको अनुभूति यो विषम परिस्थितिमा भएको छ । अब क्रमशः सिकाइका कृयाकलापहरुमा यसको प्रयोग अनिवार्य गर्नु पर्दछ । यसका लागि शिक्षकहरुलाई प्रविधिमैत्री तालिमको जरुरत छ । विना तालिम सबै शिक्षकहरुबाट प्रविधिको प्रयोग गर्न सक्ने अवस्था छैन । तसर्थ शिक्षकका तोकिएका सक्षमताहरुको विकास गर्ने अवसरका रुपमा यो कोरोना कहरको समयलाई सदुपयोग गर्न स्वयं शिक्षक तयार हुनु पर्दछ । शिक्षकमा प्रविधि सम्वन्धी सीपको सक्षमता हासिल गराउनकालागि विद्यालयले वातावरण निर्माण गर्नु पर्दछ ।
सबै शिक्षकले तत्काल अनलाइन कक्षा सञ्चालन गर्न नसके पनि अनलाइन कक्षामा विद्यार्थीको सहज पहुँच नभए पनि कमसेकम अफलाइन भिडियोहरु निर्माण गरेर विद्यार्थीको सिकाइका लागि केहि हद सम्म भए पनि सहजीकरण गर्न सकिन्छ । तसर्थ आफ्नो कक्षामा अध्यापन गर्ने विषयमा शिक्षकहरुले आफैंले अफलाइन भिडियोहरु निर्माण गरी सामाजिक सञ्जालको माध्यमबाट धेरै विद्यार्थीहरुको पहुँचमा पुर्याउन असम्भव भने छैन । यो विषयमा हरेक शिक्षक तयार हुनु पर्ने अवस्था सृजना भएको छ । आफूले कुन प्रविधिको तत्काल प्रयोग गर्न सकिन्छ अनि आफ्नो सेवा क्षेत्रका विद्यार्थीहरुलाई कुन प्रविधको प्रयोग उपयुक्त हुन्छ भन्ने कुराको मूल्याङ्कन गरी उचित प्रविधिको छनौट गरी कक्षा सञ्चालन हुनु पर्दछ ।

विद्यार्थीहरुले आफैं सहजै शैक्षिक सामग्रीहरु प्राप्त गर्न नसके पनि शिक्षकले आवश्यक सामग्रीहरु वेबबाट संकलन गरी विद्यार्थीको पहुँच सम्म पुर्याउने कार्य गर्न सकिन्छ । अहिले सामाजिक सञ्जालको प्रयोग नगर्ने संख्या अत्यान्तै कम छ । तसर्थ विभिन्न वेबसाइटबाट आवश्यक सामग्री संकलन गरी विद्यार्थीलाई सहजीकरण गर्न तर्फ शिक्षकहरु लाग्ने बेला आएको छ । यसबाट केहि हद सम्म भए पनि विद्यार्थीहरु लाभान्वित हुन्छन् ।

स्थानीय तहहरुले पायक पर्ने एफ एम रेडियो सँग समन्वय गरी समय व्यवस्थापन गरेर आवश्यक कक्षाहरुको व्यवस्थापन गर्दै जाने र विषय शिक्षकहरुले उक्त कार्यमा स्थानीय निकायहरुलाई सहयोग गर्नु पर्दछ । किनभने अहिलेको अवस्थामा विद्यार्थीहरु रेडियोको पहुँचमा छन् । सुनेर भए पनि केहि हद सम्म अध्ययन गर्ने वातावरण निर्माण गर्नसकिन्छ ।


अहिले मुलुक कोरोना सन्त्रासबाट गुज्रीरहेका बेला धेरै ध्यान त यसको रोकथाम मा नै हुनु पर्छ र छ पनि । तर यसको रोकथामका साथ साथै आफ्नो पेसासँग सम्वन्धित कार्य नगर्ने हो भने यसले अझ अर्को संकट सृजना गर्न सक्दछ । तसर्थ हामी सबैले आफ्नो कर्तव्य र जिम्मेवारीका लागि आफूले सकेको सहजीकरण गर्नु पर्दछ । सबै क्षेत्रका कार्यहरु ठप्प भइरहँदा यसले मानिसमा निराशा पैदा गराउँदछ र मानसिकरुपमा असर पुर्याउँदछ । त्यसैले विपदका समयमा पनि नियमित कार्यमा सुरक्षा अपनाएर केहि न केहि कार्य गर्ने प्रयास भएमा यसले सन्त्रासलाई कम गर्छ र मानिस मानसिकरुपमा विपदसँग जुद्नकालागि तत्पर हुन्छ । यसले हरेक व्यक्तिमा आत्मबल अभिवृद्धि गर्न मद्दत पुर्याउँदछ । तसर्थ यस विषयमा पेसाकर्मीहरु सचेत भएर प्रयासरतः रहुनु पर्दछ ।शिक्षकको धर्म शिक्षण हो । शिक्षण भनेको निस्वार्थभावमा गरिने सेवा हो । शिक्षण साधना पनि हो । जति धेरै यसमा चिन्तन गरिन्छ त्यति नै यसमा निखारता प्राप्त हुने गर्दछ । तसर्थ शिक्षणका लागि पूर्व तयारी आवश्यक भएको हो । हरेक शिक्षकको ध्यान नयाँ नयाँ विधिको खोज र अनुसन्धानमा हुनु पर्दछ भन्ने कुरामा कुनै दुइमत छैन ।

शिक्षकले शिक्षणसँग सम्बन्धित समस्याहरुको उठान गर्ने हो । यसको समाधान गर्दै शिक्षणलाई सहज र प्रभावकारी बनाउनका लागि चिन्तन गर्ने हो । यसको अलावा समाजमा व्याप्त विविध विषयमा सचेतना फैलाउने कार्य पनि शिक्षकको हो । आफ्नो पेसासँग सम्वन्धित हक अधिकार को संरक्षण सम्वर्धन र सुनिश्चितताका लागि सचेत हुने हो । सामाजिक विकृति तथा विसंगतिका विरुद्द लाग्ने हो । सामाजिक न्याय स्थापना गर्नका लागि भूमिका निर्वाह गर्ने हो । तर कुनै पनि दलिय राजनितिलाई प्रस्रय दिने गरी कार्य गर्ने होइन । दलिय राजनिति शिक्षक र शिक्षण कार्यमा हुनु हुँदैन । त्यसैले हाम्रा पेसागत सँघ संगठनहरु कुनै पनि राजनितिक दलका भातृसँस्था होइनन् मात्र सुभेक्षुक सँस्था हुन् भन्ने कुरा हामी शिक्षकहरुले बुझ्न जरुरी छ । कुनै पनि दलको राजनितिका बारेमा सामाजिक सञ्जालका भित्ता प्रयोग गर्ने कार्य पेसाकर्मीबाट हुनु सायद राम्रो कुरा होइन। सम्विधानले व्यवस्था गरेको विधि र पद्दतिका बारेमा विचार प्रकट गर्नु या सामाजिक वेथितिका बारेमा धारणा सार्वजनिक गर्नु नागरिक दायित्व हो । तर कुनै पनि दलको पक्षपोषण गर्ने कार्य हाम्रो आचारसंहित भित्र पर्दैन ।

शिक्षाको बागडोर सम्हालेका पदाधिकारीहरुबाट शिक्षामा देखिएका बेथिति को नियमन र नियन्त्रण गर्दै यो विषम परिस्थितमा सिकाइको निरन्तरताका लागि अविलम्ब तत्परता देखाउनु आवश्यक छ । शिक्षण सम्वन्धी चिन्तन गरी वैकल्पिक कक्षा सञ्चालनको व्यवस्था मिलाउनका लागि सबै शिक्षा सँग सम्वद्ध वर्ग वीच सामाजिक दुरी कायम राखि छलफल र परामर्शको माध्यमबाट विद्यालयीय शिक्षाको व्यवस्थापनमा तत्काल जुट्ने र केहि हद सम्म भए पनि शैक्षिक क्षेत्रमा देखिएको निराशा र अन्यौलता को अन्त्य गर्नका लागि आ(आफ्नो ठाउँबाट सहयोग गर्ने बेला आएको छ । राज्यले गम्मीर भएर वैकल्पिक कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारमा लगानी गर्नु पर्दछ । विजुलीबत्ती विस्तार तथा विद्यालयहरुलाई कम्प्युटर अनुदान दिइ हरेक विद्यालयलाई इन्टरनेटको सुविधा नदिए सम्म अनलाइन कक्षा सहज हुन सक्दैन । तसर्थ आफ्नो वास्तविक अवस्थालाई मध्यनजर गरी हरेक स्थानीय सरकारले प्रदेश सरकार र संघिय सरकारको समन्वय र सहयोगमा आफ्नो पालिका भित्र रहेका विद्यालयहरुमा उपयुक्त विकल्प छनौट गरी कक्षा सञ्चालनको वातावरण निर्माण गर्नु आवश्यक छ ।
९शिक्षकः होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु – २, तनहुँ०

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s