सीमाबाट आएका २५ जनाको पिसिआर नेगेटिभ

दमौली ८ जेठ । सीमाबाट तनहुँ ल्याई क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पसमा राखिएका २५ जना व्यक्तिको पिसिआर नेगेटिभ आएको हो । तनहुँमा ल्याइएका २८ जना मध्ये २५ जनालाई आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । यसअघि तनहुँमा ३९ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s