जिल्लाका १० वटै स्थानीय तहमा ५०/ ५० बेडको क्वारेन्टिन स्थापना गरिने

दमौली ७ जेठ । तनहुँ जिल्लाका १० वटा स्थानीय तहमा ५० / ५० बेडको क्वारिन्टेन स्थापना गरिने भएको छ ।

जस अनुसार भानु नगरपालिकामा शारदा कलेज, व्यास नगरपालिकामा आदिकवि भानुभक्त क्याम्पस , आँबुखैरेनी गाउँपालिकामा मित्रता मा.वि. , बन्दिपुर गाउपालिकामा रत्न राज्य नि.मा.वि.मा राखिने भएको छ । त्यस्तै रिसिङ गाउँपालिकामा शुक्ला मा.वि.मा , म्याग्दे गाउँपालिकामा मिन मा.वि.मा , शुक्लागण्डकी नगरपालिकामा भानुभक्त क्याम्पसमा , भिमाद नगरपालिकामा जनज्योती क्याम्पसमा , घिरिङ गाउँपालिकामा चन्द्रज्योती मा.वि. र देवघाट गाउँपालिकामा गाउँपालिकाले निर्णय गरे बमोजिमको विद्यालयमा क्वारेन्टिन स्थापना गरिने गरिने भएको छ ।


कोभिड १९ जिल्ला व्यवस्थापन समिति र जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको सयुक्त बैठकले सो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी ब्रदीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बैठकमा जिल्ला स्थित राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s