व्यास नगरपालिकाले स्थगित गरयो विद्यार्थी भर्ना अभियान

दमौली ३१ वैशाख । व्यास नगरपालिकाले तत्काल कालका लागि विद्यार्थी भर्ना अभियान रोकेको छ ।
यसअघि अगाडिको निर्णयलाई सच्याउँदै नगरपालिकाले विद्यार्थी भर्ना अभियान स्थगित गरेको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आजको बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले जेठ १० गते सम्मका लागि विद्यार्थी भर्ना अभियान बन्द गर्ने निर्णय गरेको छ । वैठकमा नगरपालिका क्षेत्र भित्रका प्र.अ.,संस्थागत विद्यालयका प्रतिनिधी र शिक्षक महासंघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।


यसैगरी बैठकले पुस्तक बिक्री गर्ने कार्य समेत जेठ गते सम्म नगर्नका पुस्तक व्यवसायीहरुलाई निर्देशन दिएको थियो । नगरपालिकाले यस अगाडि गरेका यि दुई निर्णयका विषयमा सर्वसाधारणले चर्र्को आलोचना गरेका थिए । यस विषयलाई लिएर सेतीमादी दैनिकले हिजो विशेष सम्पादकीय लेखेको थियो ।

विशेष सम्पादकीय – व्यास नगरपालिकामा तत्कालका लागि विद्यार्थी भर्ना अभियान स्थगित गर

यतिबेला कोभिड–१९ ले सिङगो विश्व आतंकित बनेको छ । जसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार नेपालमा कोभिड–१९ बाट संक्रमित हुने संख्या १ सय ९१ पुगेको अवस्था छ । जसमध्ये ५७ जना त संक्रमितहरुको संख्या आज मात्र थपिएको छ । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक हेर्ने हो भने सिङगो मुलुक भित्र कोभिड –१९ का संक्रमितहरुको संख्या दिन दुई गुणा रात चार गुणा थपिन सम्भावना रहेको छ । तसर्थ आम सर्वसाधारण सबैले बेलैमा सर्तकता अपनाउनु पर्ने देखिन्छ ।अन्यथा जुन सुकै स्थानका सर्वसाधारणहरु पनि कोभिड –१९ को संक्रमणको सिकार बन्ने निश्चित देखिन्छ ।यद्यपी कोभिड– १९को नियन्त्रण र उपचारमा तीनै तहका सरकारहरु सशक्त ढंगले लागि परेको अवस्था छ । जसले गर्दा हालको अवस्थामा कोभिड –१९ ले मुलुक भित्र विकराल रुप लिन नपाएको अनुमान समेत गरिएको छ । त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ ।

यसैबीच उच्च सर्तकता अपनाएका कारण कोभिड –१९ ले विकराल रुप नलिएको सन्दर्भमा देशका विभिन्न स्थानहरुमा लक डाउनलाई केही खुकुलो पार्ने क्रम समेत सुरु हुन थालेको छ ।यसरी लक डाउन खुकुलो पार्ने क्रममा बिहान बेलुका बजार खोल्ने देखि निर्माण सम्बन्धी काम गर्न छुट समेत दिइएको छ ।यसैक्रममा कतिपय स्थानीय तहहरुले आफ्नो क्षेत्र भित्रका शैक्षिक संस्थाहरुलाई विद्यार्थी भर्ना गर्न अनुमति दिएका छन् ।तनहुँकै हकमा हेर्ने हो भने व्यास नगरपालिकाले सामाजिक दुरी कायम गर्दै नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान अगाडि बढाउन अनुमति दिएको छ । अनुमति पाएसगै नगर क्षेत्र भित्रका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान अगाडि बढाएका समेत छन् । विद्यार्थी भर्ना अभियान अगाडि बढ्दै गर्दा जुन हिसाबले कोभिड –१९ का बिरामीहरु बढ्न थालेका छन् ।त्यसले भने विद्यार्थी भर्ना अभियान तत्कालका लागि रोक्ने कि भन्ने एउटा गम्भीर प्रश्न चिन्ह उब्जिन पुगेको छ । तसर्थ यस विषयमा व्यास नगरपालिका ,जिल्ला समन्वय समिति ,शिक्षा समन्वय समिति र स्थानीय प्रशासन विशेष ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा हतारमा गरिएको विद्यार्थी भर्ना अभियानको निर्णयले पछि पछुताउनु सिवाय अरु केही हुने छैन ।

अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने विद्यार्थी भर्ना अभियान गरि हाले पनि तत्कालै पठनपाठन हुने अवस्था छैन । त्यसैले हतारिरिएर विद्यार्थी अभियान गर्न जरुरी देखिदैन ।त्यतिमात्र होइन केन्द्र सरकारले समेत अर्को सूचना जारी नभएसम्म भर्ना अभियान देखि पठन पाठनका कार्य अगाडि नबढाउन निर्देशन जारी गरेको अवस्था छ । यि सबै विषयलाई मध्य नजर गरी व्यास नगरपालिकाले समेत तत्कालका लागि विद्यार्थी भर्ना अभियान स्थगित गर्नु बुद्धिमद्धता हुनेछ । हुन त नगरपालिकाले सामाजिक दुरी कायम गरेर भर्ना अभियान अगाडि बढाउन निर्देशन दिएको छ तर अधिकांश विद्यालयहरुमा विद्यार्थी अभियान जारी रहँदा सामाजिक दुरी कायम भएको अवस्था देखिदैन । यस्तो अवस्थामा यदि कुनै विद्यार्थी ,अभिभावक र शिक्षक मा कोभिड –१९ को संक्रमण रहेको खण्डमा अरुलाई समेत सर्ने सम्भावना त्यतिकै रहन्छ । तसर्थ संक्रमणबाट जोगिनका लागि पनि विद्यार्थी भर्ना अभियान तत्कालका लागि स्थगित गर्न थप जरुरी देखिन्छ ।

One thought on “व्यास नगरपालिकाले स्थगित गरयो विद्यार्थी भर्ना अभियान

  1. यो अझाई रोक्नु पर्छ किना कि हामी सबै बच्ना चहन्छु कोरोना को महा मारी कस्तो छ भनेरा ईताली को भिडियो हेरेरा बुझेको छ तेसैले धिलाई होस छोरा पाउस भाने झाई अझाई लोकदाउन लगाउनु केही फराक पर्दैना जन्ता बच्नु परियो तेहि हो मेरो नाम सोम बहादुर थापा घर कोइदिम सुन्दर डाडा हाल मलेशिया

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s