वर्तमान घडीमा सरकार र संसद दुबै असफल –पूर्वमन्त्री भण्डारी

दमौली ३१ वैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले वर्तमान घडीमा सरकार र संसद दुबै असफल भएको बताएका छन् ।

सरकार र संसद असफल हुँदै गर्दा मुलुकमा कोभिड १९ को संक्रमण फैलने देखि छिमेकी मुलुकले नेपाली भूमि अतिक्रमण भईरहेको पूर्वमन्त्री भण्डारीको रहेको छ । पूर्वमन्त्री भण्डारीले सो कुरा सेतीमादी दैनिक संगको कुराकानीका क्रममा आज बताएका हुन् । कोभिड १९ को उपचार र नियन्त्रण तथा अतिक्रमणको सीमाको विषयमा सरकार र संसद निरिह बन्दै गर्दा सरकार र संसद माथि प्रश्न गर्नुपर्ने बेला आएको भण्डारीको रहेको छ । यहि अवस्था रहने भने हो संसद विघटन गरेर नयाँ विकल्पमा जानु पर्ने समेत भण्डारीको भनाई रहेको छ ।कुराकानीका क्रममा पूर्वमन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली संसद र जनता प्रति उत्तरदायी हुन छाडेको समेत बताएका थिए । यो घडीमा सरकारले सर्वपक्षीय बैठक आव्हान गर्नुपर्ने भएपनि त्यस तर्फ ध्यान नदिएको समेत पूर्वमन्त्री भण्डारीले बताए ।

कोभिड १९ को त्रासका कारण जनताले औषधी उपचार देखि राहतका विषयमा निकै सास्ती बेहोरि रहँदा पनि सरकार भने टुलुटुलु हेरेर बस्ने बाहेक अन्य काम नभएको पूर्वमन्त्री भण्डारीको भनाई थियो । कोभिड १९ र सीमा अतिक्रमणको विषयमा सरकारले निरिहता प्रदर्शन गरिरहेका बेला काग्रेसले भने प्रमुख प्रतिपक्षीले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेको भण्डारीको जिकिर रहेको थियो ।त्यस्तै कोभिड–१९ को संक्रमणलाई लक्षित गर्दे युवा,महिला ,विपन्न समुदायलाई आगामी बजेटमा विशेष प्राथमिकता दिनुपर्ने भण्डारीको भनाई थियो । पूर्वमन्त्री भण्डारीले १० लाख सम्म बिना व्याजमा ऋण प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s