लिपुलेक, भारतीय अतिक्रमण र नेपाल सरकार

सदियौंदेखि छिमेकी भारतले नेपालको भूमिहरु बिस्तारै अतिक्रमण गरिरहेको छ । पछिल्लो क्रममा भारतले नेपाली भूमि लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने लिंक रोड निर्माण गरेर नेपाली भूमि कब्जा गरेको छ ।

सदियौंदेखि छिमेकी भारतले नेपालको भूमिहरु बिस्तारै अतिक्रमण गरिरहेको छ । पछिल्लो क्रममा भारतले नेपाली भूमि लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने लिंक रोड निर्माण गरेर नेपाली भूमि कब्जा गरेको छ ।

बसन्त कंडेल


लिपुलेक नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ । लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो । तर, यसअघि नै नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेर विवादमा आएको भारतले फेरि अहिले कोरोनाभाइरसको माहामारीको संयोग पारेर सो भूमिमा सडक निर्माण गरेको छ , जुन जति नै शब्दमा खेद व्यक्त गरे पनि क्षम्य हुने छैन् । यसैबीच, नेपाली भूमिमा सडक खनेर कालोपत्रे गर्दासमेत सो बारेमा बेखवर रहेका नेपाल सरकार र सरोकारवाला निकायको निकम्मापन उदांगो भएको छ ।


सडकको भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत सो लिंक रोडको उद्घाटन गर्दा समेत सो खवरबाट बेखवर रहनुले नेपालको राज्य सञ्चालन प्रणालीको खिल्ली उडाएको छ । यसैबाट पनि थाहा हुन्छ कि नेपाल सरकारको सूचना र कुटनीतिक संयन्त्र कति फितलो छ । नेपालको आन्तरिक र परराष्ट्र नीतिको कमजोरीकै कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेर कालोपत्रे सडक नै बनाएको छ । यसमा हाम्रो कूटनीतिक शिथिलता र भारतले हेपाहा र विस्तारबादी प्रवृति उदांगो भएको छ । सन् २०१५ को मे १५ मा भारत र चीनबीच भएको व्यापार सन्धी सम्झौता अनुरुप नै भारतले सो कदम चालिएको बुझिएको छ । जसअनुसार, हाल आएर नेपालको ३७२ वर्गकिलोमिटर क्षेत्रफल अतिक्रमण गरेर भारतले सन् २०१९ मा नै नक्सा बनाएको थियो । र हाल आएर नेपाली भूमि लिपुलेकमा सडक नै बनाएर अतिक्रमण गरिनुमा नेपाल सरकारको कुटनीतिक उदाशीनता र भारत परस्त नीतिको परिणाम हो भन्दा अत्युक्ति नहोला ।


नेपाल भुकम्पको मारमा परेको बेला ०७२ जेठ १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्तामा लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक नाका बनाउने सहमति भएता पनि नेपालले त्यसबारेमा खासै चासो व्यक्त नगर्नु सबैभन्दा कमजोरी थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला ले सो बारेमा भारत र चीनलाई कूटनीतिक नोट र प्रमाणहरु पठाएतापनि सो बारेमा थप पहल भएन, फलस्वरुप अहिले भारतले नेपाली भूमि डकैती शैलीमा कब्जा गरेको छ । नेपाल सरकारको कुटनीतिक कमजोरको फाइदा भारतले पटक पटक उठाउँदै आएको छ । दुर्भाग्यवश, आज नेपाली भूमि केक काटे जस्तै गरि भारतले अतिक्रमण गरेको छ, सडक बनाएको छ, तर नेपाल सरकार भने मुकदर्शक बनेको छ ।


एकातर्फ, भारत सरकारको यस कार्यको जति नै भत्सर्ना र खेद प्रकट गरे पनि कमै हुन्छ । अर्कोतर्फ, औपचारिकताका लागि दुई तिहाईको केपी ओली सरकारले रुञ्चे शैलीमा विज्ञप्ति निकालेको छ, त्यसको कुनै सुनुवाई हुने वाला छैन् । आज लिपुलेक, सुस्ता, कालापानी कव्जा गरेको भारतले भोलि सिंहदरबारमा भारतीय झण्डा फहराउँदा पनि नेपाल सरकार, राजनीतिक दलका नेता, कुटनीतिक नियोगले टुलुटुल हेरेरै बस्ने छन्, प्रतिरोध र प्रतिकार गर्ने छैनन, किनकी यी सबै भारत परस्त र भारतीय गुलाम बनेका छन् । अन्ततः नेपालको अस्तित्व र स्वाभिमान संकटमा पर्नेछ । नेपाल सिक्किमीकरण हुने प्रवल सम्भावना छ । सबैलाई चेतना भया ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s