ग्यास विस्फोटबाट घाइतेद्धय बालकको स्वास्थ्य अवस्थाका बारेमा पूर्वमन्त्री भण्डारीले जानकारी लिए

दमौली २५ वैशाख ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आँबुखैरेनीमा ग्यास विस्फोटबाट घाइते भएका बालकहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।


पूर्वमन्त्री भण्डारीले घाइतेद्धय बालकका अभिभावक विनोद वि.क.लाई टेलिफोन गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।त्यसक्रममा पूर्वमन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना र सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । गत वैशाख २१ गते वि.क.को घरमा ग्यास विस्फोट हुँदा ११ बर्षका छोरा विवेक र ७ बर्षका सरगम घाइते हुन पुगेका थिए । उनीहरुको किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका वि.क.परिवारलाई छोराहरुको उपचारमा निकै समस्या परेको छ ।वि.क. परिवारलाई यस अगाडि नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s