बस्नेत ,श्रेष्ठ र खनाल विरुद्ध अपहरण मुद्धा दायर

काठमाण्डौं २२ वैशाख ।जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई अपहरणको आरोप लागेका सांसदद्धय महेश बस्नेत ,कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल विरुद्ध अपहरणको मुद्धा दायर भएको छ ।
तीनै जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंमा उजुरी दर्ता भएको हो । उनीहरु माथि जनता समाजवादीको सांसद डा. सुरेन्द्र यादवले अपहरणको मुद्धा दायार गरेको हुन् ।

यसअघि आफूहरु माथि लगाइएको अपहरणको आरोप निराधार भएको भन्दै सांसदद्धय महेश बस्नेत ,कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
आयोगको कार्यालयमा गई उनीहरुले सो उजुरी दिएका हुन् ।साथै तीनै जनाले आफूहरुको विरुद्धमा गलत उजुरी दिइएको समेत उनीहरुले आयोगमा दिएको उजुरीमा उल्लेख गरेका छन् । तीनै जनाले आफूहरुको मानव अधिकार रक्षा गरिदिन अपिल समेत गरेका छन् ।

उजुरीमा अपहरणमा परिएका भनिएका सांसद डा सुरेन्द्र.यादवलाई डा.बाबुराम भट्राई र आङकाजी शेर्पाले अपहरण गरेको समेत उल्लेख गरेका छन् । यसअघि तीनै जना विरुद्ध जनता समाजवादी पार्टीले आफ्ना सांसद यादवलाई अपहरण गरेको भन्दै आयोगमा उजुरी दिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s