लाेकतन्त्र र मण्डलेे प्रवृतिकाेे पुनरागमन

डम्बर अधिकारी



नेपालको राजनीतिमा मण्डले शब्द कुनै नौलो शब्द होइन । खासगरी यो शब्द पञ्चायत कालमा पञ्यात पक्षधर विद्यार्थी संगठनहरुको सदस्यहरु यहि शब्द मार्फत चिनिने गर्दथे । नेपाली राजनीतिलाई एक पटक पछाडि फर्केर हेर्ने हो भने पञ्चायती शासन कालमा मण्डलेहरुले सत्ताको आड लिएर प्रजातन्त्रप्रति आस्था राख्ने व्यक्तिहरुलाई मण्डलेहरु भौतिक आक्रमण तथा मानसिक तनाव दिने विषयमा अग्रपंक्तिमा उभिने गर्दथे । यथार्थमा भन्ने हो भने मण्डलेहरु सत्ताको आड लिएर जस्तोसुकै हर्कत गर्न पनि पछाडि पर्दैन थिए । यद्यपी वि.स. २०३६ सालको विद्यार्थी आन्दोलनको दबाबमा विद्यार्थी मण्डलमाथि प्रतिबन्ध लागेको थियो । विद्यार्थी मण्डल प्रति प्रतिबन्ध लागेपनि पञ्चायती शासन व्यवस्थाको अन्तिम घडीसम्म मण्डले प्रवृति भने हावी नै रहन पुगेको थियो । जसको प्रत्यक्ष सिकार बन्न पुगेका थिए तत्कालिन समयमा देशव्यापी रुप्मा प्रजातन्त्रको विगुल फुक्दै हिडेका काग्रेसका शीर्ष महामानव विपी कोइराला देखि लौह पुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्राई र लोकनायक गिरिजा प्रसाद कोइराला सम्मका उच्च तहका नेताहरु ।यि नेताहरुका अलावा मुलुकभरिनै प्रजातन्त्रको आवाज उठाउने हजारौं प्रजातन्त्र प्रेमीहरु समेत मण्डलेहरुको सिकार बन्न पुगेका थिए ।

त्यतिबेलाका घटनाक्रमलाई हेर्ने हो भने प्रजातन्त्रप्रति आवाज उठाउने त्यसमा पनि काग्रेस पार्टीले आयोजना गरेको कार्यक्रममा आक्रमण गरी बिथोल्नु मण्डलेहरुको प्रमुख जिम्मेवारी रहने गर्दथ्यो । जुन जिम्मेवारीलाई सत्ता र प्रशासनले सहयोग पुरयाउने गर्दथ्यो ।त्यतिमात्र होइन मण्डलेहरुलाई आवश्यक पर्ने सबै व्यवस्था प्रशासनले मिलाई दिने गर्दथ्यो । जसको प्रलोभनमा परेर मण्डलेहरु जस्तोसुकै हर्कत गर्न पछाडि पर्दैन थिए । मण्डलेहरुको यस किसिमको हर्कत पञ्चायतको अन्तिमसम्म जारी रहयो । जब २०४६ सालको राजनीतिक परिवर्तन हुन पुग्यो ।त्यसपछि मण्डले र मण्डले प्रवृतिको अवसान भएको अनुभूति नेपाली राजनीतिमा गरिन थालियो । सत्ता र प्रशासनको आड लिएर मण्डलेहरुको सिकार बन्दै आएकाहरु सन्तोषका सास फेर्न पाएको महसुस गर्न थाले । नेपालको राजनीतिमा त्यो एउटा सुखद पक्ष थियो ।


तर यतिबेला आएर मुलुकमा पुनः पञ्चायती शासनकालको झल्को दिने गरी मण्डले र मण्डले प्रवृतिले शीर उठाउन थालेको अनुभूति गरिन थालिएको छ । खासगरी नेकपाको नेतृत्वमा सरकार गठन भएपछि मण्डले प्रवृति बढी हावी भएको पाइन्छ । जसको ज्वलन्त उदाहरणको रुपमा पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपहरण शैलीमा जनकपुरबाट राजधानी ल्याइएका जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको घटनाको विषयमा विरोधमा उत्रिएका राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई दिइएको चेतावनीपूर्ण अभिव्यक्तिलाई लिन सकिन्छ । जुन घटनाको विषयलाई प्रमुख प्रतिपक्षी नेपाली काग्रेस , जनता समाजवादी लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई अपहरण शैलीमामा संलग्न भनिएका सांसदद्धय र पूर्व आइजीपीलाई कार्वाहीको माग गर्दै विरोध गरिरहेका छन् ।यद्यपी मुलुक लक डाउनमा भएको हुँदा यो समयमा सडकमा उत्रनु त्यति सान्र्दभिक छैन ।तर समय सान्र्दभिक छैन भन्दैमा यस किसिमका गम्भीर घटना मुलुकमा भई रहँदा राजनीतिक दल र तिनका भातृसंगठनहरु टुलुटुलु हेरेर बस्ने मिल्दैन । यो गम्भीर परिस्थितीमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेस तथा जनता समाजवादीले जुन हिसाबले विरोध कार्यक्रम गरेका त्यसलाई अन्यथा मान्नु हुँदैन । तर प्रमुख प्रतिपक्षी नेपाली र जनता समाजवादी विरोध गरेका छन् त्यसलाई प्रधानमन्त्री निकट नेता तथा कार्यकर्ताले प्रशासनको आड लिएर मण्डले प्रवृति विरोधमा नउत्रने चेतावनी दिई रहेका छन् । जसका ज्वलन्त उदाहरणमा राजधानीमा जनता समाजवादीका विरुद्धमा उत्रिएको विरोध प्रर्दशन र देशका विभिन्न स्थानमा स्थानीय प्रशासन मार्फत बुझाइएको ज्ञापन पत्रलाई लिन सकिन्छ ।

बाहिरी रुपमा मण्डले प्रवृति नेकपाका कार्यकर्ताहरुबाट भए जस्तो देखिन्छ ।तर यसको मुख्य पृष्ठपोषण प्रधानमन्त्री केपी शर्मा ओलीबाट भईरहेको अवस्था छ । जुन कार्यको स्वयं नेकपा भित्र समेत चर्को रुपमा विरोध भईरहेको अवस्था छ । खासगरी तत्कालिन समयमा मण्डले र मण्डले प्रवृति भएका व्यक्तिहरुको पहिलो तारो लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीहरु हुने गर्दथे । पछिल्लो घटनाक्रम हेर्ने हो भने पनि यतिखेर सत्ता र उनीहरु निकटका पहिलो तारो लोकतन्त्रमा आस्था राख्ने सञ्चार क्षेत्र र सञ्चारकर्र्मीहरु नै परिरहेको अवस्था छ । जसको पछिल्लो उदाहरणका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मजदुर दिवसको सन्देश दिने क्रममा सञ्चार गृह र सञ्चारकर्मीहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।


नेपाली राजनीतिमा पछिल्लो समय जुन मण्डले प्रवृतिको पुनरागमन भईरहेको छ ।यो अत्यन्त डर लाग्दो विषय हो ।त्यसैले नेपाली राजनीतिमा पुनरागमन भएको मण्डले प्रवृतिलाई रोक्ने विषयमा राजनीतिक दल , नागरिक समाज र आम नेपाली जनता बेलैमा सजग हुनुपर्ने देखिन्छ ।अन्यथा पछि पछुताउनु सिवाय अरु केही हुने छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s