म्याग्दे गाउँपालिकाले ८ कक्षाको नतिजा प्रकाशित गर्ने

दमौली १९ वैशाख र म्याग्दे गाउँपालिका स्थरिय कक्षा ८ को परिक्षाको नतिजा आगमि २४ वैशाखमा प्रकाशित गर्ने भएको छ ।
परिक्षाको नतिजा प्रकाशित गर्ने गरि आवश्यक कामहरू अगाडि गाउँपालिकाले गरिरहेको छ । कोभिड १९ को रोकथाम , नियन्त्रण र उपचारका लागि सरकारले गरेको लकडाउनका कारण परिक्षाको नतिजा प्रकाशित हुन सकेको थिएन । गा।पा।ले फागुन २७ देखि ५ चैत्रसम्म ८ कक्षाको परीक्षा सचालन गरेको थियो । सरकारले घोषणा गरेको लगडाउनको विधि र प्रकृयालाई पुर्ण रूपमा पालना सहित विधुतिय सचार माध्यमलाई उच्चतम प्रयोग गरि नतिजा प्रकाशित गर्ने गरि कामलाई अगाडि बढाउन विधालयका प्र अलाई निर्देशन दिएकोे गाउपालिका अध्यक्ष माया रानाले बताइन ।
त्यस्तै उपपाध्यक्ष बालकृष्ण घिमिरे लामो समयसम्म परिक्षाको नतिजा प्रकाशित नहुदा विधार्थि तथा अभिभावक अन्योलमा परेकाले नतिजा प्रकाशित गर्ने निर्णय गरेको बताउँछन् । कक्षा ८ मा ३ सय ८२ जना विधार्थि छन् । त्यस्तै, म्याग्दे गा पा अन्तरगत रहेका सामुदायिक तथा निजि सवै विधालयलाई २४ वैशाखमा कक्षा १ देखि ९ सम्मको नतिजा प्र काशित गर्न शुक्रबार टेलिफोन,ईन्टरनेट, ईमेल,म्यासेन्जर मार्फत निर्देशन दिएको प्रशासकीय प्रमुख हरिराम नागिलाले बताए ।
म्याग्दे गा।पा।मा ३५ विधालय मध्ये ९ मावि,४ आधारभुत,२२ प्रावि छन् । विधालयको नतिजा प्रकाशित गर्ने स्थानीय तहमध्ये म्याग्दे गा पा पहिलो हुने छ । विधालयले आईतवार देखि दैनिक प्रशासन शाखा खुल्ला गरि परिक्षाको कामलाई अगाडि बढाउने गरि काम गर्न निर्देशन विधालयका प्र अ लाई दिएका छौ, शिक्षा शाखा प्रमुख वुदिसागर खनालले भने । विधालयले परिक्षाको नतिजा सुचना पाटिमा टास गर्ने र विधार्थि तथा अभिभावकलाई ईमेल,ईन्टरनेट,मार्फत जानकारि दिने छन् । विधालयले परिक्षाको नतिजाको जानकारि गा पालाई पनि अनिवार्य दिनेछन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s