आँबुखैरेनीमा तरुण दलद्धारा विरोध प्रर्दशन आयोजना

दमौली १७ वैशाख । नेपाल तरुण दलले विरोध प्रदर्शनका कार्यक्रममालाई निरन्तरता दिएको छ ।

यसैक्रममा नेपाल तरुण दल आँबुखैरनी गाउँ कार्य समितिले आँबुखैरेनीमा विरोध प्रर्दशन गरयो । विरोध प्रर्दशनका क्रममा सरकारको पछिल्ला काम कार्वाहीको विरोध गरिएको थियो ।त्यस्तै अपहरण शैलीमा संलग्न सांसदहरुलाई कार्वाही गर्न समेत जोडदार माग गरिएको थियो । तरुण दलले आँबुखैरेनीको चोकमा कोण सभा आयोजना गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक सभापति केशवनाथ न्यौपानेले मुलुक कोरोनाको चपेटमा परिरहेको अवस्थामा सरकार भने अपहरण र भ्रष्टचारको दलदलमा फसेको बताएका थिए ।सरकारको यो क्रियाकलाप काग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने न्यौपानेको भनाई थियो ।

नेपाल तरुण दल तरुण विभागको निर्देशन अनुसार शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको अध्यक्ष विजय गुरुङगले बताए ।त्यस्तै विरोधका कार्यक्रममलाई निरन्तरता दिने वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले बताए । यसअघि नेपाल तरुण दल व्यास नगर समितिले हिजो दमौलीमा विरोध प्रर्दशन गरेको थियो । नगर समितिका अध्यक्ष जीवन चन्द ठकुरीको नेतृत्वामा सो विरोध प्रर्दशन भएको थियो । व्यास नगर समितिले आयोजना गरेको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s