३ नम्बर वडाको विभिन्न टोल संस्थाद्धारा राहत हस्तान्तरण

दमौली १६ वैशाख । नेपाली काग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत संकलन अभियानमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।

यसैक्रममा नेपाली काग्रेस ३ नम्बर वडा कार्य समितिको संयोजनमा आज विभिन्न टोल संस्थाबाट १ लाख ७ हजार २ सय राहत संकलन भएको छ ।सो रकम टोल विकास संस्थाका प्रतिनिधीहरुले नेपाली काग्रेस जिल्ला सदस्य अशोककुमार श्रेष्ठ र व्यास नगर सभापतिको उपस्थितीमा राहत संकलन अभियान समितिका संयोजक डम्बर अधिकारीलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा नेपाली काग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत संकलन अभियानमा व्यास ३ स्थित निमचोक टोलबाट ५० हजार , देउराली नगर टोलबाट ८ हजार ६ सय ५ , शान्तिनगरटोलबाट १६ हजार ६ सय २० , पराशर टोलबाट १३ हजार ७५ हजार , महर्षि टोलबाट ४ हजार ७सय १५ र सिर्जना टोलबाट १४ हजार १ सय ८० रुपैयाँ सहयोग प्राप्त भएको छ । ३ नम्बर वडाबाट यस अगाडि १६ हजार सहयोग संकलन भएको थियो ।

सो अवसरमा बोल्दै जिल्ला सदस्य अशोककुमार श्रेष्ठले यो संक्रमणको घडीमा पार्टीका कार्यकर्ताहरुले गरेको सहयोग निकै अतुनलीय रहेको बताएका थिए । त्यस्तै नगर सभापति वाग्लेले सहयोगदाताहरुलाई नगर कार्य समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नगर सहसचिव एवं अर्थ संकलन समितिका संयोजक डम्बर अधिकारी , ३ नम्बर वडा सभापति बाबुरामवगाले र विनु श्रेष्ठ समेतले बोलेका थिए । नेपाली काग्रेस व्यास नगर समितिको आव्हानमा हाल सम्म ५ लाख ८६ हजार राहत संकलन भएको छ ।नेपाली काग्रेस व्यास नगर समितिले संकलन भएको रकम भोली व्यास नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s