रारा तालको पर्यटनको संभावना तथा चुनौतीहरु

मुगु जिल्लाको रारा गा.वि.स. अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी.(९८१० फिट) उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०.८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी. सम्म रहेको छ ।

यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थियो । मानिसहरुका कारण यो ताल पुरिदै जाने र पानी पनि दुषित हुने भएकोले तालको संरक्षणको लागि बस्ती नै सार्नु परेको बताइन्छ । यस क्षेत्रका मानिसहरुको मुख्य पेशा खेतीपाती गर्ने र बाख्रापालन गर्ने तथा जडीबुटी संकलन गर्ने भएकोले यी मानिसहरुको जिविकोपार्जन सम्बन्धी गतिविधिले गर्दा यो ताल पुरिदै जाने खतरालाई महशुस गरि यहाँका बासिन्दालाई विस्थापित गरिएको थियो । तालको चारैतिरको जङ्गलमा परेको हिउँ पग्लेर यस तालमा आएर जम्मा हुने गर्दछ । यस तालको पानीको मुहान पनि आकासे पानी र हिउँ नै हो ।

यस क्षेत्रमा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बर देखि मार्च महिनासम्म १ मी.सम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । यस तालको पानी सफा देखिन्छ । सतहबाट १४ देखि १५ मी. सम्मको गहिराई देख्न सकिन्छ ।

यस तालको वरिपरी ठाकुर समुदायको बस्ती रहेको थियो । यस तालको पानीको सतह बढेर गमगढी क्षेत्रतिर बगेर धनजनको क्षति गर्ने सम्भावनालाई दृष्टिगत गरी ठाकुरबाबाले वाण हानेर खत्याड क्षेत्रतिर बगाई गमगढी क्षेत्रलाई जोगाएको जनविश्वास रहेको छ । वाण हान्नका लागि तयारी अवस्थामा रहेको प्रतिक झल्कने गरी एउटा ढुङ्गा पनि भेटिन्छ । त्यही स्थानबाट खत्याड खोलाको भागतिर ताललाई बाण हानेर फुटाली दिएकाले ठाकुरबाबालाई देवता मानेर पुजा गरिन्छ । त्यस ढुङ्गालाई सानो घर बनाएर मन्दिरको स्वरुप बनाएर संरक्षण गरिएको छ ।

सन् १९९७ —१९९८ मा ५६० जना पर्यटकले भ्रमण गरेको यस क्षेत्रमा सन् २००७ मा ८७ जनाले मात्र भ्रमण गरेको पाइन्छ । सन् २००७ मा नेपाल पर्यटन बोर्डले रारा महोत्सवको आयोजना गरेर यसको प्रबर्धन गर्ने प्रयास गरेको पाइन्छ ।

यस तालको पानीमा कमनकुट नाम गरेको हाँस जस्तै चरा पानीमा तैरिदै डुबुल्की मार्दै माछा टिप्दै खाएको हेरिरहु जस्तो लाग्छ ।  यस क्षेत्रमा १०७४ प्रजातिका विरुवा, ५१ प्रजातिका स्तनधारी र २१४ प्रजातिका चराहरु पाइन्छन । यस बाहेक हिउदको समयमा छिमेकी मुलुक चीन देखि  अन्य प्रजातिका चराहरु प्नि बसाइ सरेर आउने र वर्षा लागेपछि चीन तर्पm नै फर्केर जाने गरेको निकुञ्ज संरक्षणका लागि बसेका श्री दुर्गा भञ्जन गुल्मका सैनिक बताउँछन ।

यस तालको संरक्षणको लागि श्री दुर्गा भञ्जन गुल्मले गरेको काम प्रशंसनीय भएता पनि पर्यटनलाई भने यसले टेवा पु¥याएको पाइदैन । तालमा डुङ्गा चलाउनका हुन सक्ने संभावित भौतिक एवं मानवीय क्षतिमा आफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निवेदनमा रु १० को टिकट टाँसी  पेश गरेपछि निकुञ्जका कर्मचारीले श्री भञ्जन गुल्मलाई सोही व्यहोराको पत्र बनाई पर्यटकको हातमा दिने गरिन्छ । उक्त व्यहोराको पत्र सो गुल्ममा दिएपछि गुल्मका जवानहरुले केही समयको लागि डुङ्गा चढ्ने सुविधा उपलब्ध गराउने नियम बनाइएको छ ।

यसरी भौतिक तथा मानवीय क्षतिमा आफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निबेदन लेखेर सोही व्यहोरको पत्र निकुञ्ज कर्मचारीले बनाउन लगाउने प्राबधान  पर्यटकका लागि झण्झटिलो देखिन्छ । मध्यान्हको समयमा हावा चलेर समुद्रमा जस्तै छाल उत्पन्न हुने हुनाले उपयुक्त हँुदैन । एउटा मात्र डुङ्गा त्यो पनि व्यवसायी रुपले नभई गुल्मको प्रयोजनको लागि मात्र राखिनुले पर्यटनलाई टेवा पु¥याएको देखिदैन । यसरी दिइने सुविधा पनि बाह्य पर्यटकलाई दिइएको छैन । बाह्य पर्यटकलाई डुङ्गा चढ्ने सुविधा नदिंदा उनीहरुले नकारात्मक प्रचार गर्छ भन्ने कुरालाई ध्यान दिनु जरुरी देखिन्छ । पर्यटकलाई सुविधा नदिनु भनेको खुट्टामा डोरीले बााधेर पछाडिबाट तानेर दौडन लगाए जस्तै भएको छ ।  रारा तालमा एउटा मात्र होटल त्यो पनि निकुञ्जको अधिनमा हुनु पनि पर्यटनका लागि अर्को व्यवधान देखिन्छ । ठूलो संख्यामा पर्यटकहरु गएर बस्ने सुविधा पनि छैन । बाह्य पर्यटकहरु टेण्ट राखेर बस्ने भएता पनि आन्तरिक पर्यटक हरुका लागि बासस्थानको लागि प्रयाप्त सुविधा भएको पाइदैन ।

तालको वरिपरि बाटो बनाएर साइकलमा चढेर घुम्ने सुविधा बनाएमा पर्यटनलाई यसले टेवा पु¥याउने देखिन्छ । घोडाको संख्या उल्लेख्य भएको यस जिल्लामा घोडा चढेर तालको वरिपरि घुम्ने सुविधा दिएमा पनि यसबाट पर्यटनलाई टेवा पुग्ने देखिन्छ । यस तालको पश्चिम तर्फ मुर्माटम हिमालबाट यस तालको सबैभाग एकैचोटी देख्न सकिन्छ । अग्लो चुचुरोमा दृष्य अवलोकन गर्ने टावर बनाएर रारा ताल र यसका चारैतिर आखाले भ्याएसम्म देख्न सकिन्छ । दुरबिनको मद्दतले झन धेरै टाढाका स्थानहरु द्येख्न सकिन्छ । यस भन्दा बाहेक यस ठाउँलाई ध्यान गर्ने स्थलको रुपमा विकास गर्ने सकेमा यसबाट पर्यटनलाई टेवा पुग्ने देखिन्छ ।

रारा तालमा पर्यटकको संख्यामा वृद्धि गर्ने हो भने वर्तमान व्यवस्थामा पुर्नविचार गर्नु जरुरी देखिन्छ । तालको संरक्षणको दृष्टिकोणबाट वर्तमान नियम सान्दर्भिक भएता पनि पर्यटनका लागि यो नियमले बाधा पु¥याएको छ । तालको पनि संरक्षण र पर्यटनका लागि पनि केही सुविधा थप गरी नियममा केही लचकता अपनाएर अगाडि बढेमा तालको पनि संरक्षण हुने र पर्यटनको पनि प्रबर्धन हुने देखिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s