भाग्यमा हाेइन कर्ममा बिश्वास गर्ने महिलानैँ सफल महिला

विकास खनाल

शिक्षित र सम्पन्न हुँदाहुँदै पनि कतिपय महिलाहरूमा शिष्टता र सालिनता पाइँदैन , उनीहरू अाँफुलाइ सर्वगुण सम्पन्न भन्ठानेपनि उनिहरूलेे गर्ने ब्यबहार र अाचरणले त्यस्तो देखाइरहेकाे हुँदैन । ब्यबहारकाे शिष्टता र अाचरणकाे शालिनतानैँ महिलाको परिचय हाे । दुखकाे बेलामा नअात्तिने र सुखकाे बेलामा नमात्तिने गर्नसक्नु महिलाको अर्को सफलताको कडि हाे । त्यस्तै अर्काको लाेभ गर्नु , ईष्या गर्नु , घमण्ड गर्नु , स्वार्थि भावनामा जानु महिला असफलताको बाटोमा हिड्नु हाे । उदार हृदय बनाइ राम्रो र सकारात्मक साेच्ने , सज्जन बन्ने , मिठो बाेलिवचन गर्ने , सरल तथा स्वाभिमानि बन्ने , मनमा कुरा नलिई स्पस्ट भन्ने , गल्तीलाई स्विकार गर्न जान्ने , परिस्थिति र बाताबरण अनुसार चल्न सक्ने महिलानैँ समाजका सफल महिला हुन । जीवन के हाे यसको महत्त्व केहाे भन्ने बुज्न सक्ने र अाइपरेका जस्तोसुकै परिस्थिति हरूलाइ धैर्यताका साथ लिन सक्नु महिलाको सफलता हाे ।

किनकि दिन पछि रात अाउँछ भन्ने सबैले जानेको हुन्छ । यस्तो परिस्थितिमा सधैं अाँफु अनुकूलकाे बाताबरण नबनिरहेकाे हुन सक्छ र साेचेजस्ताे पनि नहुन सक्छ , तर त्यसमा अाबेसमा अाउने , उत्तेजनामा अाउने गर्दा झनै अाफ्ना असफलताका रेखाहरू काेरिन सक्छन , अाँफुले ईच्छाएका , साेचेका कुराहरू पूरा नहुन सक्छन् । खासगरी अाँफु असल बन्ने र अरूबाट सद्भाव , माया , साथ , सहयोग प्राप्त गर्न सक्याे भने त्यो नै महिलाको सफलता हाे । अाफ्नाे बुद्धि र बिवेकले भ्याएसम्मकाे काम गर्नु , असल र निस्वार्थि भावनाले अाेतप्रेात भएको तथा दुखमा साथ दिने साथीकाे संगत गर्नु , बिस्वासमा चल्नु , अप्रिय शब्द बाेलेर साथीकाे मन नदुखाउनु , थाेरै बाेल्नु , मिठो बाेल्नु , सबैलाई सम्मानकाे भावनाले हेर्नु , अाफ्नाे शुन्दरताकाे घमण्ड नगर्नु महिलाको सफलता हाे । प्रकृतिमयि र अादर्शपुर्ण महिलाले बिसलाइ पनि अमृत बनाउन सक्ने सामर्थ्य राख्छन । शिक्षित , सम्पन्न र रूपले मात्रै कुनैपनि महिला सफल हुन सक्दैनन् , खासगरी काे मानिससँग कसरी बाेल्ने तथा ब्यबहार गर्ने , अाफ्नाे शिष्टता र सालिनता अनि असल अाचरण कसरी देखाउने भन्नेमा पनि भर पर्दछ । जसरी दराजमा थुप्रै पुस्तक रहँदा पनि दराज अाँफैमा ज्ञानी र बिद्वान बन्दैन त्यसैगरी किताब पढेर मात्रै दिमागमा भरेपनि यदि उसमा शिष्टता र शालिनता छैनभने त्यहि दराज जस्तो भएको हुन्छ । महिलाको अाफ्नाे परिचय नैँ अनुशासन हाे । महिलाको अर्को सफलता धैर्यबान बन्नु हाे । जिवनलाइ अगाडि बढाउने क्रममा विभिन्न समस्या तथा बाधाहरू अाइपरेका हुन्छन , त्यस्तो अबस्थामा अात्तियाे भने र क्षणिक निर्णय गर्न खाेज्याे भने उसको जीवन सफल बन्न गार्‍हो हुन्छ कठिन माेड र असफलतामा पनि धैर्य गर्न , तनाब , रिस , अाबेगबाट टाढा रहन सक्याे भने एकदिन पक्कै उसलाई सफलता नमिल्ने भन्ने कुरै हुँदैन । अर्को सफलताको पाटाे भनेको महिलाको शाहस हाे । जुन महिलाले अाँफु सम्मानित भएर बाँच्न चाहन्छ उसले अरूलाई पनि सम्मान गरेको हुन्छ । अाँफु सहि बाटोमा हिँड्दैगर्दा पनि कसैले गलत अाराेप लगाउँछ , अाँफुले गरेको मेहेनत र परिश्रमकाे खिल्ली उडाउँछ , समाजमा गलत नजिर स्थापित गर्न खाेज्छ त्यसको बिरूद्दमा अावाज उठाउन सक्नु महिलाको साहस हाे ।

जुन महिलामा बढी शंका उपशंका हुन्छ , अाफ्नाे क्षमतामा अविस्वास हुन्छ , अाँफुले गरेको कामप्रति नकारात्मक कुराहरूले स्थान पाउँछ त्यस्तो महिला समाजमा सफल बन्न गार्‍हो हुन्छ । अाफ्नाे कामलाई अाशा , बिश्वास , साहस र दृढताबाट मात्रै महिला अगाडि बढ्न सक्छिन । अाँफुमा स्पस्ट उद्देश्य र अात्मबिस्वासका साथ अगाडि बढ्ने परिश्रमी र मेहेनति महिला नैँ समाजका सफल महिला हुन् । यश किसिमका महिलाहरूले घर परिवार , समाज र रास्ट्रकाे लागि अाफ्नाे दायित्व निर्वाह गरेका मानिन्छन् । कुवाटाेमा हिड्ने , नकारात्मक साेच्ने , कुलतमा फस्ने , एस अाराममा रम्दै रसरङ्गमा भुल्ने र अरूले गरेको मेहेनत र परिश्रमकाे महत्त्व नबुझी गिराउने खालका ब्यबहारहरू देखाउने महिलाहरू पक्कै समाजका बाेझ हुन । यहाँ अाँफुपनि नगर्ने र गर्नेलाई पनि सम्मान नगर्ने परिपाटी र स्वार्थि मनाेभावनाले ग्रस्त केही महिलाहरू भएकै कारणले समाजमा महिला अाँफैमा अगाडि बढ्न नसकेका पनि हुन । करिअरकाे दाैडमा केही त्यस्तै गलत प्रबृत्तिका मानिसअरूले कुरा काट्न सक्छन , निराश बनाउन सक्छन , तर अाँफुलाइ बलियो बनाउँदै अगाडि बढ्नुपर्छ । अाँफुले गरेको काममा सफलता पाउन त्यसलाई निरन्तरता दिनुपर्छ , जे छ त्यहि ठिक छ भन्नुभन्दा पनि त्यसलाई कसरी अझै माथि उकास्ने भन्ने साेचि अगाडि बढ्ने र त्यसको परिणाम पक्कै राम्रो अाउँछ भनेर अाशाबादि हुने हाे भने १ दिन पक्कै सफल भइन्छ र समाजमा सफल महिलाको रूपमा अाँफुलाइ चित्रित गर्न सकिन्छ । अफ्ट्यारोमा बेवास्ता गर्नेहरू धेरै हुन्छन भने प्रगतिमा खुट्टा तान्ने हरूपनि धेरै हुन्छन । त्यसैले परिस्थितिकाे सहि अाँकलन गर्न सक्ने क्षमता राख्न सक्ने महिला अगाडि बढ्न सक्छन ।

जिवनमा सुख या दुख , सफलता या असफलता स्थायी रूपमा रहँदैनन , जतिनैँ राम्रो गर्दापनि या राम्रो ब्यबहार देखाउँदा पनि काेहिन काेहिले बिराेध या अालाेचना या रिस गर्ने भएको हुँदा अाँफै सक्षम बन्न सिक्नुनैँ पनि महिलाको सफलता हाे । पुरूषकाे तुलनामा महिलालाई धेरै कुराले समस्या पारिरहेको हुन्छ , पछाडि परिरहेका हुन्छन । विभिन्न अफ्ट्यारो परिस्थितिमा पनि अाँफुलाइ सफल बनाउनकाे लागि जुन महिलाले अाँफुलाइ संघर्षसिल बनाउँछ , परिश्रमी र मेहेनति बनाउँछ , त्यो महिला समाजमा सफल बन्ने अाधार तय हुन्छ । संघर्षलेनैँ मानिसलाई परिपक्व र अात्मनिर्भर बनाउने हुँदा घर भित्र मात्रै सिमित नबनेर हरेक महिला बाहिर निस्कि संघर्षसिल हुनुपर्छ । परिवर्तित समय परिवेश र स्वार्थि दुनियाँमा प्राय मानिसहरू बलेको अागाे ताप्न मन पराउँछन , अगाडि बढ्दै जाँदा त्यस्ता स्वार्थि भावनाका मानिसहरूले अर्काकाे मेहेनत र सफलता देख्न नसकेर तनाब, दबाब दिएका हुनदबाब दिएका हुन सक्छन , मन दुखेको हुन सक्छ , रून मन लागेको हुन सक्छ , मनको बेदना पाेख्ने चाैतारि अाबस्यक परेको हुनसक्छ , त्यस्तो बेलामा अाफ्नाे बिस्वासिलाे र हितैसि मित्रलाई , मनमुटु साटेकाे , निस्वार्थि भावनाले प्रेरित भएको साथीलाई मन खाेलेर भन्ने गर्दा मन हलुको हुन्छ । जाे महिला अाफ्नाे भाग्यमा हाेइन कर्ममा भर पर्छ त्यस्तो महिलानैँ समाजमा सफल हुन्छ । मानिसको जीवन यति बहुमुल्य छ कि उसलाई प्रत्येक सेकेन्ड सेकेन्डकाे महत्त्व छ ।

समयको महत्त्व नबुझी लापरबाही गर्नु , ढिलासुस्ती गर्नु , काम नगरी समय खेर फाल्नु , अल्छीपना देखाउनु , महिला भएर बिहान सबेरै नउठ्नु र अाफ्नाे दायित्व एवं जिम्मेवारी बहन गर्न नसक्ने महिलाहरू समाजमा सफल महिला बन्न सक्दैनन् । काेहिपनि महिलाहरू अाँफु उन्नति, प्रगति , सफलता प्राप्त गर्न चाहन्छ भने उसले सबैभन्दा पहिले समयलाई बुज्न सक्नुपर्छ ।अस्तु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s