५९ हजार १० रुपैयाँ राहत संकलन

दमौली १४ वैशाख ।नेपाली काग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत संकलन अभियानमा सहयोग संकलन हुने क्रम जारी रहेको छ ।

यसैक्रममा आज नेपाली काग्रेस २ नम्बर वडा कार्य समितिबाट २७ हजार ५ सय १० रुपैयाँ संकलन भएको छ । सो रकम २ नम्बर वडा कार्य समितिका सभापति तिलबहादुर थापाले नगर सहसचिव एवं आर्थिक सहयोग संकलन समितिका संयोजक डम्बर अधिकारीलाई हस्तान्तरण गरेका थिए ।यसैगरी व्यास २ स्थित कालिका टोल विकास संस्थाले समेत नेपाली काग्रेस नगर समितिले आव्हान गरेको कोषमा २९ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । टोल विकास संस्थाका अध्यक्ष इमकुमार मल्लले सो रकम हस्तान्तरण गरेका हुन् । यसैगरी व्यास ४ निवासी काग्रेसमा आवद्ध युवा खेम गुरुङले २ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

सहयोगदाता सबैलाई नेपाली काग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले धन्यवाद ज्ञापन गरेका छन् । साथै १७ गते नगर समितिको बैठक बसेर रकम हस्तान्तरण गरिने समेत सभापति वाग्लेले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s