त्यसैले गाउँ फर्कौं

डा. शेषरमण न्यौपाने

गत वर्ष व्यास नगरपालिकाको योजना बनाउने क्रममा छलफल हुँदै थियो । विकास र समृद्धिको अग्रणी क्षेत्र के हुन सक्छ भनेर चर्चा हुँदा पर्यटन कि कृषिको कुरा चल्यो । नगरभित्र ठूला ठूला फाँटहरु समेत भएकोले कृषि त त्यसै नै हुनेनै भयो । अनि व्यास नगर प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला तनहूँको मध्यभागमा रहेकाले पर्यटन पनि त्यत्तिकै सम्भावनाको रूपमा देख्नु स्वाभाविक थियो । तर हाम्रो पालामा तीन खेती हुने खेतबारीहरू अहिले बाँझै छन् । अनि पर्यटकका लागि एक रात राख्ने एउटा पनि पर्यटकीय स्तरको -Tourist Standard) होटल छैन । तर पनि कृषि र पयर्टनलाई नै आधार लिनुको विकल्प    देखिएन ।

त्यसै गरी भरखरै मात्र भएको बुढानीलकण्ठ नगरपालिकाको छलफलमा पनि यिनै दुईवटा कुरा आए । यहाँ पनि अचम्मको कुरा के छ भने खेती गर्ने जग्गामा धमाधम् घर बने र बन्दैछन्, अनि पर्यटकीय आकर्षण बुढानीलकण्ठ मन्दिर एक घण्टाको घुमाइमा दर्शन गरेर सकिन्छ । शिवपुरी जंगल सर्वसाधरणका लागि खुल्ला छैन । जमिन सकिए पनि छत -कौशी_ त छ नि, त्यसैले कृषि नै आधार हुने तर्क पनि त्यतिकै महत्वका साथ पेश भएको थियो ।

त्यसै गरी बीरगंज महानगरले औद्योगिक शहर बनाउने परिकल्पना गर्छ तर अधिकांश भाग ग्रामीण छन् र उद्योगको लाभ स्थानीयले कति पाउँछन् यसको विश्लेषण गर्न कठिनाइ छ । स्थानीय कच्चा पदार्थ र जनशक्तिबिनाको औद्योगिकीरणको पनि कुनै अर्थ छैन । बरू आधुनिक कृषितिर जोड दिनु पर्ने विषय पनि एउटा कोणबाट देखिएको छ । कृषि कामदार नपाउने र न्यून प्रतिफल दिने भएकाले कृषितिर आकर्षण देखिदैन, यो भने सत्य हो ।

यतिवेला, कोरोना भाइरसले पार्ने मानवीय क्षतिको आँकलन बेलाबेलामामा आए पनि आर्थिक र रोजगारमा आउन सक्ने क्षतिको चर्चा अझै हुन सकेको छैन । कोरोनाले विश्वव्यापि पार्ने प्रभावको आँकलन गर्न मुस्किल भइरहेको अवस्थामा यो स्थिति थप दुई तीन महिनामात्र रह्यो भने गम्भिर आर्थिक संकट निश्चित छ ।  हुन त हामीले रेमिटान्सलाई अस्थायी नै भनेका थियौं तर मूल आधार भनेको पर्यटनको हभिगत पनि यसरी कमजोर हुन्छ भन्ने हामी कसैलाई लागेको थिएन । अब केही वर्षका लागि आन्तरिक समस्यामै अल्झेर देश विदेश भ्रमणमा निश्चित रूपमा कमी हुनेछ ।

कोरोनाले ल्याउने सवभन्दा ठूलो समस्याको रुपमा भोकमरीलाई लिन सकिन्छ । नेपालमा खाद्य अभाव भए पनि भोकमरीलाई हाल सम्म समस्याको रुपमा हेरिएन र अहिले पनि त्यता तिर कसैको ध्यान गएको छैन । बैदेशिक रोजगारी गुम्ने र आन्तरिक रोजगारीको अवसर पनि कम हुने भएकाले बेरोजगारी बढ्ने निश्चित छ । सुविधाभोगि भैसकेको हाम्रो जीवनशैलिका कारण हामी पुनः खेतबारीमा काम गर्न जान हिच्किचाउने छौं । सरकारले खाद्यान्न बैक राखेर न्यायोचित वितरण गर्न नसक्ने कुरा हालै राहत वितरणमा भैरहेको कमि कमजोरीबाट आकलन गर्न सकिन्छ । राज्यले असल नियत राखेर ल्याएका सहयोगको क्षेत्रहरुमा पनि विचौलिया हावी हुनेछन् र सिमितमा मात्र त्यो सहयोग पुग्नेछ । 

मानविय क्षति ठूलो हुने भए पनि संरचनाहरुमा कुनै नोक्सानी हुने छैन । केहि समय आर्थिक गतिविधी नहुदैमा प्रगती र रोजगारका बाटाहरु सदाका लागि बन्द हुने होइनन् । बरु यस अवस्थामा नयाँ नयाँ क्षेत्रहरुको वारेमा सोच्नु पर्छ । सुचना प्रविधीको माध्यमबाट व्यावसायलाई सरलिकृत गर्न सकिनेछ । अन्तराष्ट्रिय दबाबले पनि सरकारले राहत र सहयोगको गतिविधी गर्नै पर्छ । यसमा चलखेल होला भन्ने हामीलाइ लाग्नु स्वभाविक छ । तर विचौलियाले विचमा धनी हुने कुरा किमार्थ सह्य हुने छैन । नागरिक समाज यति धेरै सचेत भैसकेको छ कि क्षण भरमा यसलाई नाङ्गो पार्नेछन् ।

हामी भाग्यमानी छौं, किनकी हामी सँग थारै तिनै भए पनि आफ्नो जमिन छ । सानो तिनै भए पनि घर छ । अधिकांश सँग बैकको ऋण पनि छैन । महिनै पिच्छे किस्ता तिर्नु पर्ने जनसंख्या पनि निकै कम छ । हलो जोत्ने शाहस ल्याउनु पर्छ । अब त नयाँ प्रविधी र औजारहरु पनि छन् । स्थानीय स्तरमै केहि हद सम्म सही खाद्यान्न बैकका अवधारणा आइरहेको छ । एक अर्कामा ऐचो पैचो गर्ने हाम्रो पुरानो संस्कार छ जसलाई हामी अझ जगर्ना गर्न चाहन्छौ. ।

व्यावसायीक उत्पादन आफैमा राम्रो हो । निर्वाहमुखी पनि कम राम्रो होइन । हामी हिजो निर्वाहमुखीमा नै थियौं र खुसी पनि । खुसीको नाँपजोख राम्रो सँग नगरी भौतिक यात्रा तिर हामी लम्कियौं । सक्कली खुसीलाई गुमाउदै नक्कली खुसी तिर भौतारियौं । मनी ट्रान्सफरबाट आउने हरिया नोटले दैनिक आउने रातो वाकसको प्रवाह गरेनौं । साना बालबच्चा सँग आमाबाबु र बुढा वा आमावाट युवाहरु सँगै बस्न नपाउदाको पिडाको लेखाजोखा कहिल्यै गरेनौं । समयले यसको गहिरो मूल्य चुकाउनु पर्ने बेला आएको छ । अब धैर्य, साहस र बैकल्पिक त्यसमा पनि मौलिक उपायहरु खोज्नु पर्छ । विभिन्न कोणबाट प्रसंग उठिरहेका पनि छन् । केहि कठोर तर आन्तरिक आत्मनिर्भरताको लागि निर्णय लिन पनि पछि पर्नु हुदैन उदाहरणको रुपमा तनहूँमा आयातित तरकारीलाई रोक्ने निर्णयलाई लिन सकिन्छ । यसका लागि पहिलो र निर्विकल्प उपाय भनेको अब खेती हुन नसकि बाँझो रहेका खेत बारीलाई कसरी हराभरा बनाई उब्जनी बढाउने भन्ने नै हुन सक्छ । जमिनको चक्लाबन्दी, प्रविधि र बजार व्यवस्थापन स्थानीय सरकारहरूले गर्न सक्दछन् । तर नीति र कार्यक्रम भने संघ अथवा प्रदेश सरकारको नै हुनु  पर्दछ । अन्त्यमा हामी फेरि एक पटक बाँझै भएका खेत बारी हेर्नु र त्यसैमा कृषि क्रान्ति गरी भविष्य देख्नुको विकल्प छैन, त्यसैले गाउँ फर्कौं ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s