पूर्वमन्त्री भण्डारीको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली १३ वैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको सहयोगमा नेपाली काग्रेस तनहुँद्धारा जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

पूर्वमन्त्री भण्डारीको सहयोगमा तनहुँ काग्रेसले करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो । पूर्वमन्त्री भण्डारीको सहयोगमा नेपाली काग्रेस तनहुँले पीपीई ,सेनिटाइजर , माक्स ,थर्मल गन लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

यसक्रममा तनहुँ काग्रेसद्धारा आँबुखैरेनी गाउँपालिकामा आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । सो स्वास्थ्य सामाग्री पूर्वमन्त्री भण्डारी र नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले सयुक्त रुपमा गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई हस्तान्तरण गरेका थिए । त्यस्तै पूर्वमन्त्री भण्डारी र सचिव वास्तोलालो डुम्रेको हेल्प डेस्कमा बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्ण सिं थापा , भानु नगरपालिकामा नगरप्रमुख उदयराज गौलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । त्यसैगरी पूवमन्त्री भण्डारी र सचिव वास्तोलाले व्यास नगरपालिकामा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र नेपाली काग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

सोही अवसरमा पूर्वमन्त्री भण्डारीले नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई १ थान पिपिई र माक्स समेत हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको सामाग्री महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले लिएका थिए । त्यस्तै पूर्वमन्त्री भण्डारी र सचिव वास्तोलाले म्याग्दे गाउँपालिकामा गाउँपालिका प्रमुख माया देवी राना ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।यसैगरी पूर्वमन्त्री भण्डारीले भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा भिमाद नगरपालिका , ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले , शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले बोलेका थिए । वक्ताहरुले यो संक्रमणको घडीमा पूर्वमन्त्री भण्डारीले पुरयाएको योगदान निकै सह्रानीय रहेको बताएका थिए ।

त्यस्तै स्थानीय तहहरुमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै पूर्वमन्त्री भण्डारीले आफू पदमा रहेपनि नरहे पनि जिल्लाबासीको सहयोगका लागि सधै तत्पर रहेको बताएका थिए । त्यसमा पनि यो संक्रमणको घडीमा जिल्लाबासीको स्वास्थ्यलाई विशेष ख्याल राखेको पूर्वमन्त्री भण्डारीको भनाई थियो । त्यस्तै पूर्वमन्त्री भण्डारी निजी अस्पताल , स्वास्थ्यकर्र्मी र सुरक्षाकर्मी र सर्वसाधारणलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s