सांसद श्रेष्ठ र पूर्व आइजीपी खनालको उदण्डताले तनहुँबासीको शिर निहुरियो —पूर्वमन्त्री भण्डारी

दमौली ११ वैशाख ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ क्षेत्र नं १ निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालको उदण्डताले तनहुँबासीको शीर निहुरिएको बताएका छन् ।

त्यसमा पनि सांसद श्रेष्ठलाई मत दिने तनहुँबासीलाई निराशा तुल्याएको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सांसद श्रेष्ठ र पूर्व आइजीपी समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको विषय सार्वजनिक भए लगत्तै पूर्वमन्त्री भण्डारीले विज्ञप्ती जारी सो कुरा बताएका हुन ।साथै पूर्वमन्त्री भण्डारीले यस दुखद र अक्ष्म्य कार्यको तत्काल छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् ।

भण्डारीले सार्वजनिक गरेको प्रेस विज्ञप्ती
नेपाली जनता कोरोनाको महामारीसंग जुधिरहेको यस दुःखद घडिमा हजारांैको बलिदानबाट प्राप्त नेपालको लोकतन्त्रको जगमा नै प्रहार गर्नेगरि सरकारद्धारा संसद छलेर कुत्सित मनसायका साथ दल विभाजन र संवैधानिक परिषद् सम्बन्धीअध्यादेश ल्याइयो । मानांै मुलुकको सार्वभौमसत्ताको संरक्षण वा कुनै आकस्मिक अनिष्टलाई तत्काल रोक्न ल्याइएको अध्यादेश जस्तैं सम्माननीय राष्ट्रपतिबाट त्यसलाई तत्काल जारी गरियो । विधिको शासनमान्ने, लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने र मुलुकको हित सोच्ने जो कोहिले पनि यो गैर जिम्मेवारीपूर्ण कदमको भत्र्सना नगरि रहन सक्दैन । विवेकशिल, राष्ट्रप्रेमी र स्वतन्त्रताप्रेमी नेपालीजनताले उचित समयमा यस्ता कुकर्ममा संलग्नहुनेलाई दण्डित गर्ने नै छन् ।गलतमनसायका साथआएको संविधानवादतथालोकतान्त्रिक पद्धतिको मर्म विपरित आएको यो अध्यादेश तत्काल खारेज गर्न माग गर्दछु ।

सरकारले दिनप्रतिदिन संयमता गुमाउदै गएको आभास भएको छ । संविधान प्रद्धत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकलाई कुल्चिदै पूर्व सचिव भीम उपाध्यायलाई ठूलै अपराधीलाई जस्तो मध्यरातमा गिरफ्तार गर्नुले सरकारको निरीहता झल्कन्छ । राज्यकानीति एवं सरकार संचालनका विषयमा जोकोहीले आफ्नाधारणा सार्वजनिक गर्न पाउने अधिकारलाई संकुचितबनाउदै विरोधका आवाज थुन्न गरिएका यस्ता हर्कतहरु कुनै पनि हालतमा स्वीकार्न सकिदैन । लोकतन्त्रको आत्माविचार प्रवाहको स्वतन्त्रता हो भन्ने सरकारलाई हेक्का रहोस् । नागरिक अधिकार कुण्ठित गर्ने यस निर्णयलाई तत्काल सच्याई निजलाई स–सम्मान रिहा गर्न सरकारसंग अनुरोध गर्दछु ।

दल विभाजनको अध्यादेशभित्र लुकेका कुरुप उद्धेश्य छताछुल्ल भईरहदा सार्वजनिक सञ्चार माध्यममा आएका केही घटनाहरुमा मेरो ध्यानआकृष्ट भएको छ ।समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई दल फुटाउने कार्यमा प्रयोग गर्न माननीयद्धय किसान श्रेष्ठ, महेश बस्नेत र पूर्व आइजिपी सर्वेन्द्र खनालले माननीय यादवलाई मध्यरातमा घरबाट उठाएर अपहरणको शैलीमा जनकपुरबाट रातारात काठमाडौं ल्याएको भन्ने गम्भिर समाचारहरु सार्वजनिक भएका छन् ।यसमा सम्माननीय प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन रहेको थियो भन्ने बलियो आधार अपहरणमुक्त भएका सांसदले दिएको जानकारीबाट वुझ्न कठिन छैन ।

यस दुर्भाग्यपूर्ण घटनामा संलग्न भनिएका माननीय कृष्णकुमार श्रेष्ठ (किसान )प्रजातन्त्र र न्याय प्राप्तिको लामो लडाइमा गौरबपूर्ण इतिहास बनाएको तनहुँबाट निर्वाचित सांसद हुनुहुन्छ । आजको यस उदण्ड घटनाबाट उहाँलाई मत दिने तमाम जनता आज निराश भएका छन् । साथै पूर्व प्रहरी प्रमुख पनि तनहुँकै हुनुहुन्छ । उहाँहरुको गैरजिम्मेवार कार्यले सभ्यता र संस्कारको उद्गम भूमि तनहूँका सम्पूर्ण जनताको शिर निहुरिन पुगेको छ । हाम्रा अग्रजले आर्जन गरेको यस जिल्लाको प्रतिष्ठामा कालो धब्वा लागेको छ ।
जनताको मतबाट निर्वाचित सांसद नै यस्तो दण्डनिय काममा संलग्न हुनु र नेपालप्रहरी जस्तो देशमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्ने गरिमामय जिम्मेवारी भएको मर्यादित संगठनको पूर्व प्रमुखनै यसमा संलग्नहुनुले मुलुकमा दण्डहिनता मौलाएको प्रष्ट हुन्छ ।प्रधानमन्त्री स्वयंको निर्देशन र प्रहरी प्रशासनको संरक्षणमा भएको सांसदको अपहरण अलोकतान्त्रिक, पूर्ण अपराधिक र राज्यको हुर्मत लिने घटना हो यसलाई कुनै पनि दृष्टिबाट सामान्य रुपमा लिइनु हुदैन । यसको राजनैतिक छिनोफानो हुनु आवश्यक छ भने यस दुखद र अक्ष्म्य कार्यको तत्काल छानविन गरि दोषिलाई कानूनी दायरामा ल्याउन म सरकारसंग जोडदार मागगर्दछु ।

मितिः–२०७७ वैशाख ११ शंकर भण्डारी
केन्द्रीय सदस्य–नेपाली कांग्रेस

2 thoughts on “सांसद श्रेष्ठ र पूर्व आइजीपी खनालको उदण्डताले तनहुँबासीको शिर निहुरियो —पूर्वमन्त्री भण्डारी

  1. येदि तनहँ बाशी जनता माथी येस्तो घात गरेको हो भने दुबै जनालाई सत्यतथ्य पत्ता लगाएर हदैसम्मको कार्बाही गर्नुपर्छ

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s