तनहुँ क्षेत्र नं १ का सांसद श्रेष्ठ सहित सांसद बस्नेत र पूर्व आइजीपी माथि अपहरणको आरोप , सांसद श्रेष्ठ भन्छन् —अपहरण गरियो भन्नु निराधार हो

दमौली ११ वैशाख । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ,सांसद महेश वस्नेत र पूर्व आइजीपी समाजवादीका सांसद सुरेन्द्र यादव लाई अपहरण गरेको आरोप लागेको छ ।

सांसद्धय र पूर्व आइजीपी माथि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सांसद यादवलाई अपहरण गरेको आरोप लागेको हो । समाजवादी पार्टी विभाजनका लागि सांसद यादवलाई जनकपुरबाट अपहरण गरेर ल्याएको आरोप उनीहरु माथि लागेको छ । उनीहरु माथि लागेको आरोपका विषयमा सांसद श्रेष्ठसंग सम्र्पक गर्दा श्रेष्ठले आफूहरुले सांसद यादवलाई अपहरण नभई सहमति ल्याइएको बताए । सांसद श्रेष्ठ समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगेरियाको आग्रहमा यादवलाई भेट्ने गएको बताए ।

यादव र पूर्व आइजीपी खनाल बीच राम्रो सम्बन्ध भएका कारण खनाल समेत आफूहरुसंग गएको श्रेष्ठले बताए । जनकपुर पुगेपछि यादवको घरमा खाना खाइवरी सगै काठमाण्डौं आएको समेत बताए ।काठमाण्डौं आउने क्रममा वर्दिवासको एक होटलमा सचेतक अगरिया र यादव एक घण्टा बसेर छलफल गरेपछि काठमाण्डौं आएको समेत श्रेष्ठले बताए । काठमाडौं आएपछि खनाल घरमा गएको तथा आफू र बस्नेत सगै होटलमा बसेको समेत बताए । तर बिहान एकाएक सांसद अपहरण गरियो भनेर प्रचारबाजी गरिएको श्रेष्ठले बताए । आफूहरुले सांसद यादवलाई अपहरण गरियो भन्नु निराधार भएको समेत श्रेष्ठले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s