सेतीमादी विशेष सम्पादकीय — सडक र पुलको अवरोध हटाउन प्रशासनको तत्काल ध्यान पुगोस

कोभिड —१९को संक्रमणका कारण सारा विश्व यतिबेला त्रसित छ । सारा विश्व त्रसित भएको अवस्थामा हाम्रो जस्तो मुलुकका नागरिक त्रसित नहुने भन्ने कुरै भएन । जतिबेला देखि कोभिड—१९ लाई लक्षित गर्दै सरकारले लक डाउनको घोषणा गरयो ।त्यतिबेला देखि नै सर्वसाधारणहरुले कोभिड—१९को नियन्त्रण र सुरक्षाका लागि भन्दै सडक ,मोटरवेल पुल ,झोलुङगे पुल लगायतका स्थानहरुमा अवरोध सिर्जना गरेका छन् । यसरी अवरोध सिर्जना गर्दा सवारी साधान र हिडडुल मार्फत मानिसहरु नयाँ ठाउँमा जानेक्रम रोकिएको छ । जसले गर्दा कोभिड —१९को नियन्त्रण र उपचारमा मद्धत पुगेको अनुमान गरिएको छ । तर कोभिड —१९को नियन्त्रण र उपचार गर्ने बहानमा जुन हिसाबले अवरोध सिर्जना गरिएको छ । त्यसबाट एम्बुलेन्स लगायत अन्य अत्ययावश्क सवारी साधानहरु सञ्चालन तथा पैदल यात्रुहरुलाई हिड्डुलमा निकै समस्या भईरहेको अवस्था छ ।

तनहुँ जिल्लाकै हकमा हेर्ने हो भने पनि सदरमुकाम दमौली लगायत दमौली आसपासका क्षेत्रमा सडक , मोटरवेलपुल र झोलुङगेपुलमा अवरोध सिर्जना गरेको देखिन्छ । जुन विषयका बारेमा प्रशासन समेत जानकार रहेको छ ।तर यस विषयमा प्रशासनले खासै ध्यान दिएको देखिदैन ।यति ध्यान दिएको हुँदो हो त यतिका समय वितिसक्दा त्यस्ता अवरोधहरु हटाउन अवश्य पनि निर्देशन दिने थियो । अन्यत्र जिल्लाको हकमा हेर्ने हो भने सडक ,मोटरवेल पुल र झोलुङपुलमा यस किसिमको अवरोध राखिदाँ सर्वसाधारणले ज्यान गुमाउनु परेको दुःखद समाचारहरु समेत आइरहेको अवस्था छ ।अन्यत्रा जिल्लामा घटेका दुःखद घटनाबाट पाठ सिक्दै अवरोध हटाउने विषयमा सर्वसाधारणले समेत आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने देखिन्छ ।आम सर्वसाधारणले बुझ्नु के जरुरी छ भने सडक ,मोटरवेल पुल र झोलुङपुलमा अवरोध राख्दैमा कोरोना छिर्दैन भनेर सोच्नु गलत मानसिकता हो ।तसर्थ कोभिड —१९ बाट जोगिन सजकता अपनाउँदै अवरोध हटाउनेमा विषयमा स्थानीयले समेत आफ्नो ठाउँबाट प्रशासनलाई सहयोग पुरयाउनु पर्ने देखिन्छ ।हेरौं,यस विषयमा तनहुँ प्रशासन र जिल्लाबासीको भूमिका कस्तो रहन्छ ? त्यो त सडक ,मोटरवेल पुल र झोलुङगे पुलमा राखिएको अवरोध हटेको खण्डमा मात्र स्पष्ट हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s