लक डाउनको अवधिमा उपप्रमुख जोशीको नेतृत्वमा नगर क्षेत्र भित्रको बजार अनुमन

दमौली १० वैशाख । लक डाउनको अवधिमा दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धि भएको गुनासो आएसगै व्यास नगरपालिका क्षेत्रभित्र बजार अनुगमन सुरु गरिएको छ ।

व्यास नगरपालिकाकी उप्रप्रमुख मिरा जोशीको नेतृत्वमा बजार अनुगमन सुरु गरिएको हो ।अनुगमन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई र अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको छ । खासगरी लक डाउनका अवधिमा नगरपालिकाले फलफूल ल्याउन रोक लगाएको भएपनि फलफूल भित्रिन क्रम नरोकिएको हुँदा अनुगमन गरिएको उपप्रमुख जोशीले बताइन् ।यसका अलावा लक डाउनको मौका छोपेर मूल्यवृद्धि गरिएको गुनासो समेत आएको हुँदा अनुगमनलाई तीब्रता दिइएको उपप्रमुख जोशीले बताईन।

त्यसैगरी बजार इकाई सभापति राजकुमार श्रेष्ठ राकुले उपभोक्ताहरुलाई गुनासो रहित ढंगले उपभोग्य सामाग्री उपलब्ध गराउन मद्धत पुगोस भनेर अनुगमन गरिएको बताए । साथै सभापति श्रेष्ठले लक डाउनको मौका छोपेर चर्को मूल्य नलिन समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
लक डाउन अवधिभर नै बजार अनुगमनलाई निरन्तरता दिने अनुगमन टोलीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s