तनहुँ काग्रेसले गरयो राहत उपलब्ध गराउने सहित ७ महत्वपूर्ण निर्णय

दमौली १० वैशाख । नेपाली काग्रेस तनहुँको पदाधिकारी सहित जिल्लामा उपलब्ध नेताहरुको बैठक आज सम्पन्न भएको छ ।


नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले दिएको जानकारी अनुसार कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले जिल्लाका १० वटै स्थानीय तहमा राहत उपलब्ध गराउने सहित ७ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

नेपाली काग्रेस तनहुँले आज गरेका निर्णयहरु

१) २०७६ चैत्र २९ गतेको पदाधिकारी बैठकको निर्णय अनुसार जिल्लाका १० वटै तहमा पार्टीको नेतृत्वमा राहत संकलन कार्य जारी रहेको हुंदा सम्पुर्ण कार्यकर्ता शुभेच्छुक साथिहरुलाई पार्टीको राहत संकलन अभियानमा सहभागि हुन आव्हान गर्ने र जिल्ला कार्यसमिति का साथिहरु, सल्लाहकार, महाधिवेशन, महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिमा राहत उपलब्ध गराउन अनुरोध गर्ने ।


२)स्थानिय स्तरमा उठेको राहत रकममा जिल्ला कार्यसमितिको तर्फबाट प्रत्येक स्थानिय तहमा रु ३०,०००।–थप गरी गाँउ÷नगर सभापति मार्फत स्थानिय तहमा संचालित राहत कोषमा उपलब्ध गराउने ।


३) लकडाउनका कारण रोजगारी गुमाई दैनिक गुजरा गर्न समस्यामा परेकाहरुलाई राहत वितरण गर्दा कतिपय स्थानमा गुणस्तरहिन सामाग्री वितरण गरिएको र राहत वितरण कार्य निष्पक्ष र पारदर्शी हुन नसकेको गुनासो आएको हुंदा सो सम्बन्धमा जिल्ला स्तरिय अनुगमन समितिको ध्यानाकर्षण गराउने ।


४) विश्वव्यापी महामारीको रुपलिएको कोरोना भाईरसका विरुद्ध राष्ट्र एकजुट भै लाग्नु पर्ने वर्तमान अवस्थामा संविधानको मर्म र भावना विपरित बर्तमान सरकारले राजनितिक अस्थिरता निम्त्याउने गरी अध्यादेश जारी गरेको प्रति नेपाली कांग्रेस तनहुँ घोर विरोध गर्दछ । उक्त अध्यादेश अविलम्ब र्फिता लिई राष्ट्रिय संकटको घडिमा जिम्मेवार रुपमा प्रस्तुत हुन नेपाल सरकारलाई नेपाली कांग्रेस जोडदार माग गर्दछ । अन्यथा यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार नै हुने छ ।


५) लकडाउनका कारण जिल्लामा उत्पादित कुखुरा,अण्डा,दुध लगायतका कृषिजन्य उत्पादनको विक्रिमा समस्या उत्पन्न भै कृषकको लगानी जोखिममा परेको हुंदा उत्पादित कृषि उपजको जिल्ला भित्र र बाहिर समेत विक्रि वितरणलाई सहज बनाउन जिल्ला अनुगमन समितिलाई अनुरोध गर्ने र यो संकटबाट पाठ सिक्दै जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने गरी कृषिलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्न सबै स्थानिय तहहरुलाई अनुरोध गर्ने ।


६) जिल्ला बाहिर रहेका जिल्लाबासीहरुलाई सुरक्षित रुपमा घरमा आउने व्यवस्था मिलाउन जिल्ला स्तरिय अनुगमन समितिलाई अनुरोध गर्ने र विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फिर्तिको बाताबरण मिलाउन सरकारलाई अनुरोध गर्ने ।


७) यस संकटको घडिमा आफ्नो र परिवारको समेत प्रर्वाह नगरी स्वास्थ्य, सुरक्षा ,सरसफाई,ढुवानी लगायतका अतिआवश्वक सेवामा खटिने व्यक्तिहरुलाई गुणस्तरिय व्यक्तिगत सुरक्षाको सामाग्री उपलब्ध गराउन सम्बन्धित निकार्यलाई अनुरोध गर्ने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s