नेपाली काग्रेस व्यास नगर समितिद्धारा १ लाख ११ हजार ९५ राहत संकलन , राहत संकलन जारी

दमौली ८ वैशाख । नेपाली काग्रेस व्यास नगर समितिद्धारा आव्हान गरिएको राहत संकलन कार्य जारी रहेको छ ।

राहत संकलन समितिका संयोजक एवं नगर सह—सचिव डम्बर अधिकारीले जानकारी दिए अनुसार आज सम्म १ लाख ११ हजार ९५ रुपैयाँ संकलन भएको छ । यसक्रममा नेपाली काग्रेस वडा नं ४ मार्फत आज २१ हजार ५ सय संकलन भएको छ । उक्त रकम कोषाध्यक्ष संगित घिमिरे र नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । यसअघि वडा नं ४ अन्र्तगत भू.पू.सैनिक वडा नं ४ बाट ६ सय २ सय १० रुपैयाँ हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष रेशमबहादुर गुरुङ सचिव मिरसिङ गुरुङ हस्तान्तरण गरेका थिए ।त्यस्तै रत्नहरि हस्पिटलबाट ५ हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त रकम अस्पतालका अध्यक्ष एवं प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले हस्तान्तरण गरेका थिए ।वडा नं ४ अन्र्तगत कुल ३२ हजार ८ सय रुपैयाँ संकलन भएको छ ।

यसैगरी नेपाली काग्रेस ८ नं वडा कार्य समितिद्धारा २९ हजार २ सय ८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।उक्त रकम वडा कार्य समितिका सभापति हरिप्रसाद मिश्र सहितको टोलीले संयोजक अधिकारीलाई हस्तान्रतण गरेको थियो ।यसैगरी पराशर कलेज र सत्यवती वचत तथा ऋण सहकारी संस्थाको तर्फबाट २० हजार र ५ हजार रुपैयाँ समेत कलेजका अध्यक्ष सूर्यचन्द्र हड्खलेले हस्तान्तरण गरेका छन् । यसैगरी जिल्ला कार्य समितिका सदस्य अशोककुमार श्रेष्ठ ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

यसअघि नेपाली काग्रेस नगर समितिको पदाधिकारीहरुबाट १९ हजार रुपैयाँ संकलन भएको थियो । सहयोगदाता सबैलाई नगर सभापति शान्तिरमण वाग्लेले धन्यवाद दिएका छन् । साथै सहयोग संकलन अभियान साथ दिन समेत आग्रह गरेका छन् ।संकलित रकम नगरपालिकालाई हस्तान्तरण गरिने समेत नगर सभापति वाग्लेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s