जस नपाउने प्रहरी

विकास खनाल

आँफुलाइ बौद्दिक सर्कल भन्न रूचाउने १ जना सज्जनबृन्द बिहानै लखरलखर बाटोमा हिँडिरहेका थिए , लकडाउनको समयमा सडकमा प्रहरीहरू ड्युटीमा हुँदा उनी भने प्रहरीलाई छल्दै हिँडिरहेका देखिन्थ्ये र आँफुलाइ निकै ठुलो मान्छे ठानिरहेका थिए । लाग्दथ्यो उनले प्रहरीलाई हैन कोरोनालाइ नैँ छलिरहेका छन , उनलाई हेर्दा त्यहि भान हुन्थ्यो । उनमा जस्तै अन्य केही मानिसमा पनि त्यस्तै मनोभावना अर्थात लकडाउन मेरा लागि भन्दापनि प्रहरीका लागि हो भन्ने मानसिकताले भरिएको देखिन्थ्यो ।

लकडाउन एउटा ब्यक्ति वा समुहको फाइदाको लागि गरिएको नभएर सम्पूर्ण देशको सुरक्षाको लागि गरिएकोले अत्यावश्यक काम बाहेकमा घरबाट बाहिर ननिस्कन सरकारले गरेको अनुरोधलाई कार्यान्वयनको लागि प्रहरी अहिले सडकमा खटिएको छ । लकडाउन स्वयं आफ्ना लागि हो भन्ने जान्दाजान्दै पनि केही मानिसहरू हेलचक्र्याइ गरि वा अटेर गरि हिँड्दा कोरोना संक्रमणको त्रास बढ्दै जाने भएकोले यसलाई कडाइका साथ लागू गर्न लाग्दा फाट्टफुट्ट रूपमा केही घटनाहरू पनि भए गरेका छन ।

यत्तिकै अनुरोध गर्दा , सम्झाउँदा पनि नमानेपछि मात्रै प्रहरीले थप बल प्रयोग गरेको हुन्छ र आँफुसँग रहेको लाठि चार्ज गरेको हुन्छ । यहि लाठि प्रहारको घटनालाई लिएर उसले ज्यानको बाजि मारि गरेको ड्युटी र देसको लागि गरेको योगदान ओझेलमा पारिन्छ । अनि सामान्य घटनालाई ठुलो बनाइ भाइरल बनाईन्छ , सुरक्षाकर्मीको मनोवल गिराईन्छ । पक्कै पनि ड्युटीको समयमा प्रहरिको हातमा दिएको लाठी नाक कान कोट्याउन होइन होला , ढाड कन्याउन हैन होला । असहज परिस्थितिमा भिडलाई सम्झाउँदा पनि मानेनन , टेरेनन भने समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न र कानुनी राजको ब्यबस्था मिलाउन पनि कहिलेकाहीँ लाठीचार्ज गर्नुपर्ने हुन्छ र त्यो त्यहि प्रयोजनका लागि पनि दिईएको होला । अनावश्यक रूपमा मान्छे अटेर गरेर , नियम कानुन उल्लङ्घन गरेर , कानुन आफ्नो हातमा लिने प्रयास गर्ने र जवर्जस्ति गर्न खोज्दा पनि लाठिको प्रयोग गर्नुपर्ने परिस्थिति आउन सक्छ । नत्र भने तालिममा लाठीचार्ज सम्बन्धि कोर्सनैँ समाबेश हुने थिएन होला । अहिलेको परिस्थिति हेर्दा, यी शान्ति सुरक्षाका पहरेदार प्रहरीहरुलाई निकै हैरान छ , अलिकति कडाइ नगरे कडाइ भएन मान्छे बाटो भरि भए , प्रहरी प्रशासन के हेरेर बसेको छ भन्ने आरोप लगाउने एउटा जमात छ र त्यसले सामाजिक सन्जाल भर्छ ।

अर्को , भनेको नमानेपछि गरिने बल प्रयोगमा प्रहरीले ज्यादती गर्यो भन्दै रोइलो काढ्ने र सामाजिक सञ्जाल भरेर तथानाम गालि गर्ने जमात छ । यसो गर्दा पनि सुख छैन , उसो गर्दापनि सुख छैन को अपजसे अबस्थामा प्रहरी छ ।प्रहरी भनेका पनि हाम्रै नेपाली दाजुभाइ हुन , उनिहरूले पनि अनावश्यक रूपमा बलप्रयोग गर्दैनन् भन्ने हामीले ठान्नुपर्दछ र देश र जनताका लागि ड्युटी बसेका हुन भन्ने सोच्नुपर्दछ । ड्युटीमा बसेका प्रहरीहरूवाट भए गरेका हर्कतको बारेमा बाहिर गुनासो हुनथालेपछि, देशको विषम परिस्थिति र प्रहरी ड्युटी लाई मध्यनजर गरि सुक्रवार मात्रै प्रहरी प्रधान कार्यलयले मातहतका कार्यलयहरूमा १० बुँदे निर्देशनात्मक लकडाउन सम्बन्धि परिपत्र जारि गरेको छ । जसमा परिचालित प्रहरीको काम कर्तव्य र जनता सँग गर्ने व्यवहार बारेमा उल्लेख छ । केही दिन अगाडिका फाट्टफुट्ट घटना बाहेक पछिल्ला दिनहरूमा प्रहरीले ज्यादती , कुटपिट गर्नको सट्टा नम्र भएर अहिलेको अबस्थाको बारेमा सम्झाइ बुझाइ गर्ने गरेको छ । साथै लकडाउनको समयमा बाहिर निस्केका सर्वसाधारणको समस्या बुझेर समाधानका लागि पहल पनि गर्न थालेको र बाटोमा अलपत्र परेका मानिसहरू लाई गन्तव्य तर्फ पठाउन थालेको छ । सरकारले अत्यावश्यक बाहेक अन्य सवारीसाधन लाई गुड्न निसेध गरेको परिप्रेक्ष्यमा अटेर गर्नेलाइ पनि प्रहरीले नैँ कारबाहीको दायरामा ल्याउन थालेको छ ।

त्यस्तै अटेर गरि पसल खोल्ने , सामाजिक दुरि कायम नगर्ने , मास्क नलगाई हिँड्ने , मर्णिङवाक हिड्ने आदिलाइ समातेर गस्तीको भेनमा हालेर लैजाने र कोरोना सम्बन्धि शिक्षा दिएर फेरि बाहिर ननिस्कने सर्तनामामा छोड्ने गरेको छ । त्यसोत तनहुँका प्रहरी प्रमुख बिनोद सिलवालले तनहुँलाई सुरक्षित राख्न र यहाँ कोरोना नामक भाइरस भित्रीन नदिन उच्च सुरक्षा अपनाईएको बताएका छन र त्यहि अनुसारको सुरक्षाकर्मीहरू पनि जिल्ला भर सचेत र साबधानिका साथ परिचालन गरिएको बताएका छन । प्रहरी संगठन भनेको यस्तो संगठन हो जसले समाजमा शान्तिसुरक्षा कायम राख्न , अपराध नियन्त्रण गर्न , घटित अपराधको सफल अनुसन्धान गर्न , जनताको सेवा तथा ज्युधनको संरक्षण गर्न तथा प्रचलित कानुनको मर्यादा पालना गराउनको लागि ईमानदारीपुर्वक कर्तव्यनिस्ठ रहि काम गर्दछ ।

कोरोना बाट उत्पन्न हुने कोभिड–१९ नामक सरुवा रोगबाट अहिले विश्वका अधिकांश मुलुकहरू आतंकित बनेका छन् । अनि हरेक मुलुकहरूले आफ्नो दक्षता, क्षमता, स्रोत र साधनले भ्याएसम्म यसको उपचार, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरिरहेका छन् । नेपालमा पनि यो रोगबाट संक्रमितहरूको संख्या बढिरहेको छ । यसले चारैतिर भय र समस्या उत्पन्न गरेको छ । यश भयावह स्थितिका बेला आफ्नो ज्यानको बाजि राखेर यो टन्टलापुरे घाममा सडकमा निस्केर संयमित हुँदै ड्युटी गर्ने सुरक्षाकर्मी हरूलाइ पंक्तिकारको तर्फबाट स्यालुट छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s