घुम्ने कुर्ची माथि बस्ने दृष्टिबिहिनहरु हो आँखा खोलेर त हेर

डम्बर अधिकारी


विश्वमान चित्रमा
खोज्दै जानुस त
नेपाल भन्ने एउटा देश भेटिन्छ
अनि
अलि नियालेर हेर्दै जानुस त
त्यो देशको राजधानी काठमाण्डौं भेटिन्छ
काठमाण्डौंलाई पनि अलि नियालेर हेर्दै जानुस त
सेतो गगनचुम्बी महल भेटिन्छ
त्यो महल हो सिंहदरबार
त्यही महलका प्रत्येक कोठा भित्र
प्रधानमन्त्री र सरकारका मन्त्री बस्ने घुम्ने कुर्ची छ
जुन घुम्ने कुर्चीमा
राणा,पञ्चायत,वहुदलवादी र लोकतन्त्रवादी नामका
छुट्टा छुट्ै अनुहारका
प्रधानमन्त्री र मन्त्रीहरु पालै पालो बसे
यतिबेला सिहदरबार भित्रको
ति प्रत्येक कोठाको कुर्चीमा
आफूलाई सर्वहारा वर्गको ठेकेदार ठान्ने
कम्युनिष्टधारी पार्टी
नेकपाका प्रधानमन्त्री र मन्त्री आसिन छन्
बाहिरबाट हेर्दा उनीहरुको
दृष्टिमा कुनै समस्या छैन
तर घुम्ने कुर्ची माथि बसेपछि
प्रधानमन्त्री र मन्त्रीहरु केही देख्दैनन्
नपत्याए हेर्नुस त
कोभिड —१९को कहरका कारण
गर्भवती ,सुत्केरी ,अपाङगता भएका व्यक्ति र
अन्य नागरिकहरु भोकभोकै सयौ किलोमिटर हिडिरहेका छन्
हिड्दै गर्दा आकुल व्याकुल बनिरहेका छन्
त्यस्तै
कति जनाको प्राण पखेरु समेत
उडि सकेको छ
तर सिहदरबार भित्रको
घुम्ने कुर्र्ची माथि बस्ने
दृष्टिबिहिन प्रधानमन्त्री र मन्त्री
बेखबर छन्
त्यतिमात्र होइन
सिंहदरबार भित्रका
ति दृष्टिबिहिन
कोरोनाको उपचार र नियन्त्रण गर्ने विषयमा समेत
बेखबर बनिरहेको समाचार
सञ्चार माध्यमहरुमा आईरहेका छन् ।
सिंहदरबारको घुम्ने कुर्ची माथि बस्ने
दृष्टिबिहिनहरु हो
अझै कति नदेखे झै गर्छौ
देशका नागरिकहरुको प्रश्न गर्दै छन्
बिन्ति छ सिंहदरबार भित्र बस्ने दृष्टिबिहिन होे आँखाको शल्यक्रिया गरेर भएपनि
कोरोनाको कहरमा
नागरिकले भोग्नु परेको पीडा एक पटक आँखा खोलेर त हेर ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s