तनहुँमा लक डाउन उल्ङघन

दमौली ११ चैत । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गर्ने घोषणा गरेको भएपनि तनहुँको सदरमुकाम दमौलीमा भने पहिलो दिन लक डाउन उल्ङघन भएको छ ।

खासगरी सदरमुकाम दमौलीमा लक डाउन उल्ङघन भएको हो । यसक्रममा दमौलीमा सर्वसाधारणहरु सडकमा निस्कने देखि छिटफुट सवारी साधान समेत चलेका छन् । त्यसमा पनि मोटरसाइकलको सङख्या उल्लेख्य रहेको छ । यसरी लक डाउन उल्ङघन गरी सडकमा गुडेका सवारी साधानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तैपनि सडकमा सवारी साधानहरु गुड्ने क्रम भने रोकिएको छैन । यता लक डाउन घोषणा सगै बजार भने पूर्ण रुपमा बन्द रहेको छ । छिटफुट रुपमा खुलेका पसलहरु समेत प्रहरीले बन्द गराएको छ । यता जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रहरुमा पनि छिटफुट रुपमा लक डाउन उल्ङघन भईरहेको छ । ति स्थानहरुमा भएका लक डाउनलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रुपमा लागि परेको अवस्था छ । यता लक डाउन उल्ङघन गरिएको प्रति सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s